अपाङ्ग अमृत बिश्वकर्मालाई तम्घासका विद्याथीहरुले गरे सहयोग

 अमृत बिश्वकर्मालाई सहयोग हस्तान्तरण गर्दै गण्डकी वोर्डिङ्ग स्कुलकी मनिषा र उनका साथीहरु
प्रेम सुनार गुल्मी पुष ६ 
गुल्मीको दर्लिङ्ग ६ घर भई आशा अपाङ्ग केन्द्र तम्घासमा कृतिम खुट्टा बनाउने लगायतको उपचार गराई रहेका १६ वर्षिय अपाङ्ग अमृत बिश्वकर्मालाई तम्घासको एक वोर्डिङ्ग स्कुलका विद्याथीहरुले  सहयोग गरेका छन् । रेडियो पत्रिका ओझेलका खवरमा उनको पिडा सुनेर गण्डकी बार्डिङ्ग स्कुल मनिष भण्डारीको नेतृन्तमा सो विद्यायलय कक्षा १० का छात्र छात्रा र शिक्षकहरुले चार हजार भन्दा बढि रकम उनै बिश्वकर्मालाई दिएका हुन् । 
अपाङ्ग अमृतले शिक्षा पाएर सपाङ्गले झैँ केहि गरेर देखाउने ईच्छा देखाएपछि उनलाई सो केन्द्रले उपचार पश्चात पढाउने समेत भएको छ । त्यस्तै ईजरायलमा रहेकी गुल्मी मुसिकोट ५ निवासी विद्या कार्की सहितका विदेशमा रहने नेपालीहरुले उनको खरको चुहने झुपडीमा समेत टिनको छान लगाई दिनका लागि सहयोग संकलनमा जुटेका छन् । मरभुङ्ग १ घर भई दुवईमा बस्ने खडग नेपाली र ओमप्रकाश सुनार ले पनि जनही ११ सय ११ का दरले सहयोग पठाएका छन् । उनलाई विभिन्न स्थानबाट सहयोग गर्ने क्रम जारी रहेको छ । 
साभार :- गुल्मी दिगाम सेरोफेरो

No comments:

Post a Comment