भगवती प्राथमिक विद्यालय डोटीमा सबै दलित समुदायका विद्यार्थी

डोटीको कपल्लेकी गाविस वडा नं. ९ सेरी गाउँमा रहेको भगवती प्राथमिक विद्यालयमा तीनजना बाहेक सबै दलित समुदायका विद्यार्थी रहेका छन् । कक्षा ४ सम्म पठनपाठन गर्दै आएको विद्यालयमा यस शैक्षिक सत्रमा जम्मा १ सय २३ जना विद्यार्थी रहेकोमा १ सय २० जना दलित समुदायका विद्यार्थी रहेको प्राधानाध्यापक सरस्वती शाहीले जानकारी दिनुभयो । 

विद्यालयमा अहिले एकजना बालविकास कक्षा शिक्षक, तीन वटा राहत दरबन्दी र १ जना निजी स्रोतमा गरि जम्मा पाँचजना शिक्षक र एकजना परिचर गरि ६ जना कर्मचारी छन् । 

भौतिक पूर्वाधारको अभावका कारण उचित शैक्षिक वातावरणमा पठनपाठन गर्न कठिनाई रहेको प्राधानाध्यापक शाहीले बताउनुभयो । सेरी गाउँमा कूल १ सय ४१ घरपरिवार रहेकोमा १ सयभन्दा बढी दलित परिवार छन् ।

साभार :-  त्रिबेणि एफएम

No comments:

Post a Comment