अन्तरजातिय विवाहपछि विस्थापित जोडी सहमतिपछि गाउँ फर्किए

०७० पुस ३ गते,गोरखा । अन्तरजातीय विवाह गरेका कारण गाउँबाट विस्थापित भएका जोडी सहमतिपछि गाउँ फर्किएका छन् । लापु गाविस-८ का २३ वर्षीय जीतबहादुर सुनार र सोही गाविस-४ की २० वर्षीया सुनिता गुरुङ जिल्ला प्रहरी कार्यालयमा गाउँलेसँग भएको सहमतिपछि पुस ३ गते गाउँ फर्किएका हुन् ।

अन्तरजातिय विवाह गरेको आरोपमा उनीहरूलाई स्थानीय गाउँलेले गराएको १ लाख जरिवाना फिर्ता भएको र आगामी दिनमा कुनै पनि दवाव र दुर्व्यवहार नगर्ने प्रतिबद्धतापछि उनीहरू गाउँ फर्किएका प्रहरी निरीक्षक रामचन्द्र पौडेलले जानकारी दिए । विवाह गरेको आरोपमा गाउँलेहरूले उनीहरूसँग एक लाख रुपैयाँ जरिवाना लिएर कुटपिट र दुर्व्यवहार गरेपछि सदरमुकाम बस्दै आएका थिए ।

न्यायको माग गर्दै मङ्सिर २८ गते उनीहरूले प्रहरीमा उजुरी दर्ता गराएका थिए । प्रहरीको समन्वयमा भएको छलफलमा गाउँ फर्काउन सहमतिको निर्णय भएको हो । 'हामीले मुद्दा दर्ता गर्न खोज्दा दुई पक्ष मिलेका हुन् ।' पौडेलले भने ।

No comments:

Post a Comment