तेह्रथुम सदरमुकामको सुरक्षा जिम्मा असई विमा विश्वकर्माको नेतत्वमा

तेह्रथुम, पुस १४ - जिल्ला प्रहरी कार्यालयले सदरमुकाम म्याङलुङको सम्पुर्ण सुरक्षा व्यवस्थाको जिम्मा महिला प्रहरीलाई दिएको छ । कार्यालयले सदरमुकामको टुंडिखेलमा रहेको प्रहरी चौकीमा महिला प्रहरी तैनाथ गरी सुरक्षाको जिम्मा दिएको हो । महिला प्रहरी मात्र चौकीमा खटाएर सम्पुर्ण सुरक्षा व्यवस्था हेर्ने जिम्मेवारी दिएको सम्भवत पूर्वाञ्चलमै यो पहिलो हो । 
महिला प्रहरीको नेतृत्व र क्षमता विकासका लागि प्रहरी चौकी र सदरमुकामको सुरक्षाको जिम्मेवारी दिएको प्रहरी नायव उपरीक्षक उमाशंकर पञ्जीयारले वताए । यस अघि जिल्ला प्रहरी कार्यालयमा रहेको महिला तथा वालवालीका सेलको जिम्मेवारी समेत यी नै महिला प्रहरीले पाएका छन् । चौकीमा प्रहरी सहायक निरीक्षक (असई) विमा विश्वकर्माको नेतत्वमा महिला प्रहरी तैनाथ गरीएको छ । उनीहरुलाई वजार क्षेत्रको गस्ती, पेट्रोलीङ, अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम, अनुसन्धान लगायतका सुरक्षा सँग सम्वन्धित सवै काम गर्ने जिम्मेवारी दिएको प्रनाउ पञ्जीयारले वताए ।
जिल्ला प्रहरी कार्यालयमा महिला प्रहरीको संख्या कम भएकाले जिल्लाभरका प्रहरी चौंकीमा कार्यरत महिला प्रहरीलाई झिकाएर चौकीमा खटाईएको प्रहरी कार्यालयले जनाएको छ । सकेसम्म गाउँका प्रहरी चौकीमा पनि महिला प्रहरीको संख्या कम हुन नदिई महिला प्रहरी जवान, हवल्दार र असई झिकाएर कामको जिम्मेवारी दिईएको प्रनाउ पञ्जीयारले वताए । महिला प्रहरी मात्र राखिएको प्रहरी चौकीमा न्युनतम २० जना पुर्‍याउने लक्ष्य रहेको उनले वताए । 'सकेसम्म संख्या वढाएर राख्ने हो' उनले भने 'शुरुमा महिला प्रहरीको संख्या थोरै भएकाले केही कम जनशक्ति परीचालन गरीएको छ ।' सिंगो सदरमुकामको सुरक्ष्ाा व्यवस्था हेर्ने जिम्मेवारी पाएपछि महिला प्रहरी पनि दंग छन् । पहिलो पटक महिला प्रहरी मात्र भएको चौकीमा ड्युटी गर्न पाउदा औधी खुशी लागेको प्रहरी हवल्दार विनिता शेर्पाले वताईन् । जिल्ला प्रहरी र अन्य प्रहरी चौकीमा महिलाका लागि अलग्यै व्यारेक नहुदा महिला प्रहरीले वसाई र सुताईको समयमा समेत कष्ट व्यवहोर्दै आएका थिए । 'अव त ड्युटी सकेर यही सुत्न पनि पाईन्छ' प्रहरी हवल्दार शेर्पाले भनिन् । पुरुष प्रहरी भएको कार्यालयको वसाई र महिला प्रहरी मात्र भएको प्रहरी चौकीको वसाईमा धेरै अन्तर भएको उनले अनुभव सुनाईन् ।
महिला प्रहरीको कामलाई विश्वास गरी प्रहरी कार्यालयले जिम्मेवारी दिएपछि उनीहरुमा पुरुष प्रहरीको भन्दा राम्रो काम गरेर देखाउने हिम्मत र जाँगर वढेको छ । 'डिएसपी सावले हामीलाई विश्वास गरी महत्वपुर्ण जिम्मेवारी दिनुभयो' भर्खरै चौकी प्रमुखको जिम्मेवारी सम्हालेकी प्रहरी सहायक निरीक्ष्ाक विश्वकर्माले भनिन् 'महिला प्रहरीले पनि पुरुष प्रहरीको जत्तिकै जिम्मेवारी वहन गर्न सक्छन् भन्ने आत्मविस्वास वढेको छ ।' जिम्मेवारी दिने हो भने जुनसुकै क्ष्ाेत्रका महिलाले पनि उल्लेख्य काम गरेर देखाउन सक्ने उनले वताईन् । जिम्मेवारी पाएका महिला प्रहरी सदरमुकाम म्याङलुङ वजार र आसपासका क्ष्ाेत्रमा दिवा र रात्री गस्ती गर्छन् । सेवाग्राहीको वढी भिडभाड हुने र जनसम्पर्क वढी हुने सरकारी कार्यालयमा समेत पुग्छन् । जसले गर्दा सेवाग्राहीलाई समेत सजीलो भएको छ ।
जिल्ला प्रहरीले महिला तथा वालवालीका सेल हेर्ने जिम्मेवारी समेत यी नै महिला प्रहरीलाई दिएकाले यस्ता प्रकृतिका समस्या लिएर आउनेहरुको संख्या समेत दैनिक वढ्दो छ । यो प्रहरी चौकीलाई महिला  र वालवालीका मैत्री वनाउने प्रयास स्वरुप सेलको जिम्मेवारी समेत महिला प्रहरीलाई नै दिएको प्रनाउ पंजीयारले वताए । पुरुष प्रहरी संगै र उस्तै प्रकृतिका तालिम गर्न सक्षम महिला प्रहरीहरु सवै प्रकारका काम गर्न पनि सक्ष्ाम छन् भन्ने सोचाईले महिला प्रहरीलाई चौकीको जिम्मेवारी आफुले दिएको उनले वताए । यस अघि यो चौकीमा पुरुष प्रहरी मात्र कार्यरत थिए । महिला प्रहरीको काम आशा गरे भन्दा धेरै राम्रो रहेको उनले वताए । पहिलो चरणमा सदरमुकामको चौकीको जिम्मेवारी महिला प्रहरीलाई दिएको प्रहरी कार्यालयले निकट भविष्यमा ईलाका प्रहरी कार्यालय वसन्तपुर र संक्रान्ती मातहत पनि एक एक प्रहरी चौकीको जिम्मेवारी महिला प्रहरीलाई नै दिने तयारी गरीरहेको प्रनाउपञ्जीयाररले वताए । साभार :- कान्तिपुर

No comments:

Post a Comment