दलित महिलामाथि हुने हिंसा अन्त्यका लागि दलितमैत्री संविधानको माग

०७० मङ्सिर २२ गते,ललितपुर । दलित महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका निम्ति दलितमैत्री संविधान बनाउनुपर्नेमा दलित अधिकाकर्मीहरुले जोड दिएका छन् ।महिला हिंसाबिरुद्धको १६ दिने अभियान अर्न्तर्गत दलित महिला संघद्वारा मङ्सिर २१ गते काठमाडौँमा आयोजित एक अन्तक्रिर्यामा अधिकारकर्मीले दलित महिलाका अधिकार सुनिश्चित गर्न संविधानसभामा उनीहरुको सहभागिता सुनिश्चत गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा दलित महिला संघकी अध्यक्ष दुर्गा सोवले नेपालमा विद्यमान जातीय, लैङ्गीय र वर्गिय विभेद्को तेहोरो शोषणमा पारिएका दलित महिलाहरुको हक अधिकार स्थापित गरी उनीहरुलाई राष्ट्रिय विकासको मूल प्रवाहमा समाहित गराउनुपर्ने बताइन् । सङ्कल्प नेपालकी निर्देशक चन्दा गुरुङले शिक्षित परिवारमा समेत महिला हिंसाका घटना हुने गरेको हुँदा त्यसलाई अन्त्य गर्न वर्षौभरी अभियान सञ्चालन गरी चेतनाको माध्यमबाट अगाडि बढ्नुपर्ने बताईन् ।

दलितअधिकारकर्मी पदम सुन्दासले पछिल्लोपटक मुलुकका विभिन्न स्थानमा दलित समुदायमाथि भइरहेको हत्या, हिंसा, अपहरण र बलात्कारका घटनामा सरकारले कुनै चासो नदेखाएको गुनासो गरेका छन् ।  अधिकारकर्मी कमला विश्वकर्माले महिला र दलित भएकै कारणले अन्य महिलाहरुको तुलनामा दलित महिला नै बढी हिंसा र शोषणको सिकार हुनुपरेको बताउनुभयो ।

No comments:

Post a Comment