अछामको बान्नातोलिलाई जातीय छुवाछुत तथा भेद्भावमुक्त गाविस घोषणा गरिदै

अछाम,पुस २-अछामको बान्नातोलि गाविस लाई भोलि जिल्लाको तेस्रो गाविसको रुपमा जातिय छुवाछुत तथा भेदभाव मुक्त गाविस घोषणा गरिने भएको छ । गाविसमा सबै दलित समुदायलाई सार्वजनिक स्थल, धारा, कुवा, मठ मन्दिर जानमा कुनै रोक नलगाउन थालेपछि भोलि जातिय छुवाछुत तथा भेदभाव मुक्त गाविस घोषणा गर्न लागिएको हो । आज गाविसमा भएको भेलाले भालि हुने कार्यक्रमका लागि सम्पुर्ण तयारी समेत पुरा भएको जनाएको छ । जातिय छुवाछुत तथा भेदभाव मुक्त गाविस घोषणा समन्वय समिती बान्नातोलिका सयोजक तारा प्रसाद गिरीको अध्यक्षतामा भएको बैठकले घोषणा कार्यक्रम लाई सफल पार्नका लागि सबै सँग आग्रह गरेको छ ।

No comments:

Post a Comment