सन् २०१५ भित्रमा डोटी जिल्ला जातिय छुवाछुत तथा भेदभाव मुक्त हुने

डोटी जिल्लामा अहिले सामाज रुपान्तरणका अभियानले तिव्रता पाएको छ । सन् २०१५ भित्रमा जिल्लालाई खुल्ला दिशामूक्त घोषणाको अभियानले तिब्रता पाईरहेकै बेला जिल्लामा छाउपडी गोठ मुक्त  र जातिय छुवाछुत तथा भेदभाव मुक्त घोषणाका अभियानले समेत तिव्रता पाएको छ । यसै साताको मगलबार मात्रै जिल्लाको भुमिराजमाण्डौ गाबिस पहिलो जातिय छुवाछुत तथा भेदभाव मुतm गाविस घोषणा भईसकेको छ भने, आज कफल्लेकी गाविस जातिय छुवाछुत तथा भेदभाव मुक्त घोषणा भएको छ । 

जातिय भेदभाव तथा छुवाछुत अन्त्यका लागी सचेतना अभियान कार्यक्रम ईएसपि नेपालको सहयोगमा ईडिसि नेपाल र आरडिएन नेपालको सयुक्त साझेदारीमा कफल्लेखि गाबिसलाई जातीय छुवाछूत तथा भेद्भावमुक्त गाविस घोषणा गरिएको हो । गाविसलाई आज जातीय छुवाछुूत तथा भेदभावमुक्त गाविस घोषणा गरिसकेपछि स्थानियबासीले अब जातका आधारमा कुनै भेद्भाव नगर्ने प्रतिबद्धता जनाएका छन् । 

गाबिस सचिब गोबिन्द भट्ट्को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब निरीक्षक जनक शाही,बिशिष्ट अतिथि जिबिसका कार्यक्रम अधिकृत टेक बहादुर खड्का,पुनराबेदन बारका उपाध्यक्ष दिपक सिह,ईडिसिका उपाध्यक्ष यसोदा गुरुङ, कार्यक्रमका संयोजक योगेस मल्ल, आरडिएनका गिता नेपाली पत्रकारमहासंघका उपाध्यक्ष योगेन् बलाएर ,लगायतको उपस्थीती रहेको थियो।
साभार :- त्रिबेणी एफएम

No comments:

Post a Comment