कर्तव्य ज्यान मुद्दा आरोपित पति तारेखमा रिहा

०७० पुस ७ गते, सङ्खुवासभा । माम्लिङ गाविस-३ की १९ वर्षीया रिमला बिकका हत्या गरेको आरोपमा प्रहरी हिरासतमा रहको उनका पति मानबहादुर बिकलाई सङ्खुवासभा जिल्ला अदालतले पुस ७ गते तारेखमा रिहा गरेको छ ।

अदालतका न्ययाधीश टीकाराम उप्रेतीको इजलासले प्रमाण अभाव भएको भन्दै रिहा गरेको बताए । बिकले भदौ २९ गते पीडितको आफ्नै घरमा हत्या गरेको भन्दै पीडितकी दिदी बिमला खातीले इलाका प्रहरी कार्यालय चैनपुरमा असोज १० गते उजुरी दर्ता गरेका थिए । प्रहरीले आरोपित विरुद्ध कर्तव्य ज्यान महलमा मङ्सिर १० गते मुद्दा दर्ता गरेको थियो ।

मादिमुलखर्क गाविस-१ घर भई माम्लिङ गाविस-३ मा विवाह गरेकी १९ वर्षीया रिमला परिवारका सदस्यसँग नराम्रो सम्बन्ध भएको र आमाजुहरुसँग पटक/पटक झगडा हुने भएकोले भुण्डिएर आत्महत्या गरेको भने पनि सो अवस्थामा प्रहरीले समेत नपाएको, ७ बजे आत्महत्या भएको जनाए पनि १० बजे मात्र जानकारी दिएको पीडित पक्षको आरोप छ ।

No comments:

Post a Comment