टीकाराम सुनारले आफ्नै श्रीमतीलाई निर्घात कुटपिट गरे

०७० पुस ३ गते,बाँके ।   सितापुर गाविस-३ की ३७ वर्षीया हिरादेवी सुनारलाई मङ्सिर ३० गते राती पति ४५ वर्षीय टीकाराम सुनारले निर्घात कुटपिट गरेको छ । कुटपिटबाट घाइते सुनारलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा ल्याइएको छ । सुनारको अनुहार, तीघ्रा लगायत संवेदनशिल अङ्गमा निलडाम भएको पीडितकी दिदी गोमा बिकले बताइन् ।

छ जना छोरा छोरीकी आमा सुनारलाई पतिले विगत तीन वर्षदेखि कुटपिट गर्दै आएको पीडित हिरादेवीले बताइन् । राती तलाई मारिदिन्छु भन्दै मुख थुनेर कुटपिट गरेको पीडितले बताइन् । गाविस-, बर्दिया बस्ने पीडितका दाजु कालिका कर्ण बिकले पुस २ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा कुटपिट तथा ज्यान मार्ने धम्कीको उजुरी दर्ता गराएका छन् । 

पीडित हिरादेवी सुनारले १०/१५ दिन बिराएर नियमित कुटपिट गर्ने गरेको भए पनि आफूले अहिलेसम्म माइतीलाई बिरामी भएको बाहना बनाएर घटना लुकाउने गरेको बताइन् । जिल्ला प्रहरी कार्यालयले पीडकलाई आवश्यक कारबाही गरिने बताएको छ । नेपालगञ्ज मेडिकल कलेजमा पीडितको घाँउ जाच गरिएको छ ।

No comments:

Post a Comment