पाल्पाका दलित युवा पुख्र्यौली पेसाबाट विस्थापित बन्न थाले

 तानसेन, मंसिर २३– पाल्पाका दलित समुदायका युवा पुख्र्यौली पेसाबाट विस्थापित बन्न थालेका छन् । जिल्लाका अधिंकाश दलित समुदायका युवा पुर्खाले अँगालेका तामाका भाँडा बनाउने, कृषि औजार, सिलाइ व्यवसाय र छालाका जुत्ता बनाउने पेसाबाट विस्थापित बनेका हुन् । महिलाहरुले सिलाइ पेसा अँगाल्न थालेपछि परियार जातिका युवाले यो पेसाबाट राम्रो आम्दानी नहुने भन्दै पेसा छाडेको पाल्पा छहराका रमेश परियारले बताए । 
सरकारले गाउँगाउँमा महिलालाई सिलाइ तालिम दिएपछि उनीहरूको पेसा अहिले सङ्कटमा परेको हो । सरकारी निकायबाट नै दलितको पेसामाथि आक्रमण भएको उनीहरूको गुनासो रहेको छ । गाउँमा कम मूल्यमा सिलाइको काम गर्नुपर्ने स्थिति सिर्जना भएकाले दलित समुदायका युवामा कामको खोजिमा विदेश जाने लहर देखिएको छ । 
राज्यले सीप भएका समुदायको सीपलाई आधुनिकीकरण नगर्दा बर्सेनि नेपाली युवा विदेश पलायन हुन बाध्य भएका छन् । दलित समुदायका युवाले अहिले सिलाइ, तामा तथा फलामको भाँडा बनाउने, पञ्चेबाजा बजाउने, जुत्ता सिलाउने लगायतका काम गर्न छोडिसकेका छन् ।
साभार :- रातो पाटी

No comments:

Post a Comment