टेलिचलचित्र दलन - एउटा सामाजिक क्रान्ति

टेलिचलचित्र दलन मा दलितको मात्रै नभएर दलितको नजरबाट नेपाली समाजको चित्रण गरिएको छ। दलन ले २००७ देखि ०५१ सम्मको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनलाई दलित दृष्टिकोणबाट चित्रण गरेको छ।कलाको माध्यमबाट अत्याचार र शोसण अन्त्य गर्न जुर्मुराएको छ चलचित्र - दलन । ४४ बर्षको लामो इतिहासलाई पर्दामा उतारेर मुलुकमा भएका शोषण, दमन र अत्याचारका बारेमा उजागर गरिएको टेलिचलचित्रको नाम हो दलन ।

मुलुक विगत लामो समयदेखि एकात्मक, निरंकुश र केन्द्रीकृत शासन पद्धतिमा रहेका कारण त्यस समय अवधिमा दलितमाथि धेरै शोषण भए । राजधानीमा राजाको निरंकुशता जसरी अन्याय र अत्याचारको पक्षपोषणमा लाग्यो त्यसैगरी जिल्लामा पञ्चहरुले जरा गाडे । जतिबेला जात र धर्मका नाममा उनीहरुले गाउँगाउँमा राज गर्न पछि परेनन् । त्यही इतिहासको दस्तावेजलाई जागरण मिडिया सेन्टरले हालै एउटा टेलिश्रृखलाको निर्माण गर्‍यो- दलन नाम दिएर ।

टेलिचलचित्र दलन मा दलितको मात्रै नभएर दलितको नजरबाट नेपाली समाजको चित्रण गरिएको छ। दलन ले २००७ देखि ०५१ सम्मको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनलाई दलित दृष्टिकोणबाट चित्रण गरेको छ।त्यसो त सामान्य वर्तमान समयलाई लिएर बनाएका दर्जनौ श्रृखलाहरुभन्दा धेरै गुणा फरक छ दलन । एउटा लामो समयसम्मको इतिहासलाई समेटिएर दबिएको समुदायको कथालाई जस्ताको तस्तै उतार्ने काम यस श्रृखलाले गरेको छ ।

राजा महेन्द्रले आफनो एकात्मक सांस्कृतिक नीतिलाई दह्रो बनाउन र मनोरञ्जनमा रहन भारतबाट चलचित्रकर्मी झिकाएको इतिहास रहेको छ । त्यसपछि चलचित्र क्षेत्रमा ल्याइएका सबै चलचित्रकर्मीले खस संस्कृतिलाई निरन्तरता दिन थालेको सम्बन्धित बिज्ञहरु बताउँछन् । सायद त्यसैले पनि वर्तमान अवस्थामा केही सामाजिक परिवेसका चलचित्र निर्माण हुने क्रममा बनाइएको दलन समग्र दलितका निम्ति एउटा महत्वपूर्ण ऐतिहासिक दस्तावेज हो भन्न सकिन्छ ।

आहुतिद्धारा तयार पारिएको कथालाई नविन सुब्बाद्वारा निर्देशन गरिएको दलनमा प्रतिमा सुनाम र नरेन्द्र प्यासीले स्वराङकन गरेका छन् भने श्रवण मुकारुङको गीत सहित कथालाई पर्दामा उतार्दा सुभबहादुर सुनामले संगीत गरेका छन् ।

No comments:

Post a Comment