शिशु जन्माएर फ्यालेको आरोपमा कविता विश्वकर्मा गिरफ्तार

०७० पुस १२ गते, खोटाङ । शिशु जन्माएर फ्यालेको आरोपमा बाक्सिला गाविस-१, की २१ वर्षीया कविता विश्वकर्मालाई पुस ११ गते प्रहरीले घरबाटै गिरफ्तार गरेको छ ।

विश्वकर्माले आफ्नै ट्वाइलेटको सेफ्टी ट्याङ्कीभित्र नवजात शिशु मृत अवस्थामा फालिएको फेला परेपछि उनलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दिक्तेलका इन्स्पेक्टर रमेशकुमार देवले जानकारी दिए ।

स्थानीयले सूचनाका दिएको आधारमा विश्वकर्माको ट्याङ्कीमा मृत नवजात शिशु फेला हो । नवजात शिशु जन्माएर सेफ्टी ट्याङ्कीमा फालेको आशङ्कामा विश्वकर्मालाई गिरफ्तार गरी जिल्ला सदरमुकाम ल्याउँदै गरेको इन्स्पेक्टर देवले बताए ।

No comments:

Post a Comment