गुल्मी देविस्थानको मालिका मन्दिरमा दलित-गैह्र दलितव्दारा सामुहिक पूजा

 खिर पकाउने तयारीमा रहेका दलित अगुवा गोकर्ण नेपाली ( फौजी ज्याकेटमा ) लगायतका दरवार देविस्थानका दलितहरु
प्रेम सुनार , गुल्मी २०७० मंसिर २३ ।गुल्मी जिल्लाको दरवार देविस्थानको मालिका मन्दिरमा पहिलो पटक दलित समुदायले आफ्नोे दुध र धुप–ध्वजा चढाएर सामुहिक पूजा गरेका छन् । मंसिर ९ गतेदेखि दलितहरुले आन्दोलन गरे पश्चात सो गाविसका्े वडा नम्वर ९ राक्सेडाँडाको उक्त मन्दिरमा यसरी विभेदी परम्परा तोडेर समान रुपले दलित गैह्र दलित समुदायले पूजा गरेका हुन् ।
सदियौं देखि हरेक आईतवार त्यस मन्दिरमा पुजा गर्ने र चढाउन ल्याएका्े दुधबाट खिर पकाई खाने चलन रहँदै आएकोमा दलितहरुले मन्दिर पछाडी रहेको एउटा रुखमा बेग्लै पूजा गरी खिर पकाएर खान्थे भने गैह्र दलितहरुले त्यसै मन्दिरमा पुजा गरी खिर खाने गरेका थिए । आज आईतवार भने दलित गैह्र दलितहरुको खिर मन्दिर मै चढ्यो पुजा पनि राम्रै संग भयो दलित आन्दोलनका स्थानिय अगुवा गोकर्ण नेपालीले भने –‘ खिर पकाउने बेलामा भने उहाँहरु लरालुरुक्क उठेर जानु भयो हामीले पकाउन थालेका छौं । ’
ईतिहाँस यो पनि बनेको छ कि सदियौपछि पहिलो पटक आईतवार त्यहाँका गैह्र दलितले खिर खाएनन् , पुजा मात्रै संगै गरे । जिल्ला प्रहरी कार्यालयको निर्देशन अनुसार त्यहाँस्थित चारपाला प्रहरी चौकीबाट सुरक्षार्थ प्रहरी त्यस मन्दिरमा खटाईएको थियो । प्रहरी टोलीको नेतृत्व गरेर पुगेका प्रहरी सहयाक निरीक्षक अजुर्न यादवले पूजा शान्ति पुर्वक सम्पन्न भएको बताए । ‘सवै कुरा अँस्ती प्रहरी कार्यालयमा गरिएको सहमति अनुसार भयो तर खिर लगायतको प्रसाद उहाँहरुले खानु भएन् , जेहोस् मन्दिरमा अरु सवै चढेको र संगै पूजा गर्न पाएकोमा समानताको महसूस गरेका छौं’– नेपालीले भने ।
सदा झैं मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज अर्याल पुजारी रहेर पुजा गरिएको थियो । ‘ मैले सवै भक्तजनहरुलाई टिका लगाई दिएँ पूजा पनि बढो सद्भाव पुर्ण ढंगले भयो ’ उनै पुजारी अर्याले भने–‘ पहिलो पटक सवै जातजातीलाई बराबर ठानेर पुजा गर्न पाउँदा म पनि सन्तुष्ट छु र भक्तजनहरु पनि सवै प्रशन्न हुनुहुन्छ । ’ अँस्ती जिल्ला प्रहरी कार्यालयमा भएका्े सहमति अनुसार सवै आए पुजा गरे, दुध चढाएर प्रशन्न मुद्रामा फर्किए कुनै नराम्रो भएन ’–अर्याले भने ।
गत मंसिर ९ गते दलितहरुले दुध र धुपधजा चढाए पछि भएको विवादका क्रममा उनिहरुलाई गैह्र दलितहरुले धम्की दिएको र गाउँमा असुरक्षा भएको भन्दै गोकर्ण जिल्ला प्रहरी कार्यालयमा उजुरी दिई झण्डै एक हप्ता सदरमुकाममा बस्दै आई रहेका थिए । त्यस क्रममा स्थानिय समाज सेवी अशोक थापा र मन्दिर ब्यवस्थापन समितिका पदाधिकारीहरु विच जिल्ला प्रहरी कार्यालयले मंसिर २१ गतेका दिन सहमति जुटाई दिएको थियो । ‘यो केशका बारेमा सिडियो साव, डिएसपी सावले निकै गम्भीरता पुर्वक लिनु भयोे े र पटक पटक मबाट बुझ्ने काम भई रह्यो ’छलफलमा सहजीकरण गरेका प्रहरी निरक्षक निशान्त श्रीवास्तवले भने –‘ देशैभर सकरात्मक सन्देश जाने खालको सहमति भएको छ । ’
स्थानिय दलित अगुवाहरुका अलवा राष्ट्रिय दलित आयोग लगायत केन्द्रबाट विभिन्न संस्थाका दलित अधिकारकमीहरुले समेत सिडियो डिएसपिलाई फोन मार्फत ध्यानकृष्ट गराएको बुझिएको छ । यस कार्यमा जिल्ला प्रशासन , जिल्ला प्रहरी कार्यालय र सञ्चार माध्यमले खेलेको भुमिका प्रति यहाँका दलित अधिकारकमीहरुले सराहना गरेका छन् ।
साभार :- gulmidigamserofero.blogspot.com

No comments:

Post a Comment