१५ बर्षिया अपाङ्ग युवती विमला कुमारी कामीको ६ किलो तौल

बझाङ मंसिर २०-बझाङको सैनपसेला गाविस ५ गैरा की १५ बर्षिया एक अपाङ्ग युवतीको तौल ६ किलोग्राम रहेको छ । जन्मदेखि नै अपाङ्ग रहेकी विमला कुमारी कामीको छातीको बिच भागमा उठेको छ । विमला करिब ५ मिनेट सम्म मात्र हिड्न सक्छिन । उनले अपाङ्ग परिचय पत्र पनि पाएकी छन । विमला गरिब परिवारमा जन्मेकी युवती हुन ।रकम अभावका कारण हालसम्म सेवा सुविधा भएका अस्पतालमा उपचार गर्न जान नसकेको उनका बुवा पुरन कामीले बताए । अपाङ्गको नाममा प्रत्येक बर्ष सरकारी रकम आउने गरेको भएपनि आफुले रकम नपाएको गुनासो उनले पोखे । 

विमला सरकारले दिने सेवा सुविधाबाट बञ्चित भएकी छन ।सरकारले सेवा सुबिधाहरु दिने भन्दै बनाएका ऐन कानुनहरु व्यवहारिक रुपमा कार्यान्वयन नहुदा अपाङ्ग भएका व्यक्तीहरु थप मर्कामा परेका छन । बझाङ्गका अपाङ्गता भएका व्यक्तीहरुको शिक्षा,स्वास्थ्य र रोजगारमा अझै पहुच पुग्न सकेको छैन ।सरकारले अति असक्त अपाङ्ग एवं रातो परिचय पत्र भएकालाई मात्र सामाजिक सुरक्षातर्फको भत्ता दिने गरेको भन्दै जिल्लामा रहेका सबै अपाङ्ग लाई भत्ताको व्यवस्था गरिनु पर्ने अपाङ्ग महासंघ बझाङ्गका अध्यक्ष धौले थापाले बताए ।

उनले भने “अपाङ्ग भएकालाई शिक्षा स्तरमा प्राथमिक तहदेखि उच्च शिक्षा ग्रहण गर्नका लागी छात्रवृतिको व्यवस्था गरेतापनि अधिकांश अपाङ्गले नपाउने गरेको छ । ” विमलालाई नेपाल सरकारले मार्फत पाउनुपर्ने सेवा–सुविधा दिन थप पहल गर्ने समेत थापाले जनकारी दिए ।जिल्लामा रहेका अपाङ्ग हकहितमा बोल्ने संघसंस्थाहरुले पनि आफ्नी छोरी विमलाको विषयमा कुनै आवाज नउठाएको उनका बुवा पुरन कामीले बताए ।
साभार :- त्रिबेणी एफएम

No comments:

Post a Comment