संविधानसभामा समानुपातिक प्रतिनिधित्वको माग गर्दै दलितको प्रदर्शन

राजविराज, मंसिर २३ - संविधानसभामा दलितहरुको समानुपातिक प्रतिनिधित्वको माग गर्दै आईतवार सप्तरी र सिरहाका दलितहरुले राजविराजमा प्रदर्शन गरेका छन् ।सयौ संख्यामा एकत्रित भएका दलितहरु सप्तरी सदरमुकाम राजविराजमा दलित अधिकार सम्बन्धी नारा जुलुश सहित संविधानसभामा दलितको समानुपातिक प्रतिनिधित्वको माग गरे ।
छुवाछुत निगरानी केन्द्र सप्तरी, दलित नेटवर्क सप्तरी तथा दलित जनकल्याण युवा कल्ब सिरहाको संयुक्त आयोजनामा स्थानिय शिव मन्दीर प्रागंणवाट निकालिएको र्‍याली नगरको विभिन्न भाग परिक्रमा गर्दै कोण सभामा परिणत भएको थियो ।
कोण सभामा दलित नेटवर्क सप्तरीका युक्तिलाल मरिक, छुवाछुत निगरानी केन्द्र सप्तरीका राजेश रिसाल विश्वकर्मा, दलित नेता असर्फी सदा सहितकाहरुले मन्तव्य व्यक्त गरेका थिए । संविधान सभामा दलितहरुको समानुपातिक प्रतिनिधित्व नभएका आफूहरुले आन्दोलनलाई चर्को पार्ने चेतावनी समेत वक्ताहरुले दिएका थिए ।

No comments:

Post a Comment