अन्तरजातिय विवाह गर्ने २० जोडीलाई सम्मान

दिपक शर्मा ,सल्यान पुस १४ –सल्यानको काभ्रा गाविसलाई छुवाछुत मुक्त गाविस घोषणा गरिएको छ । आज एक कार्यक्रमका वीच प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले छुवाछुत मुक्त गाविस घोषणा गरे । अन्य जातिहरु भन्दा दलितहरुको बाहुल्यता रहेको उक्त गाविसमा गैर दलितहरुले कुनै प्रकार जातिय विभेद अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरे पछि भव्यताका साथ घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै नवनिर्वाचित संविधान सभा सदस्य प्रकाश ज्वालाले समाजमा कलंकको रुपमा रहेको जातिय विभेदलाई अन्त्य गर्न दलित र गैरदलितको समाज्यस्ताबाट मात्र संभव हुने बताउनु भयो । जातकै कारण दिनप्रतिदिन जघन्य अपराध भइरहेका समयमा छुवाछुत मुक्त गाविस घोषणा गर्नु एक महत्वपूर्ण कुन्जी भएको बताए ।
 समाजमा कोही मानिस निच उच नहुने भन्दै सभासद ज्वालाले जातिको आधारमा विभेदगर्ने व्यक्तिलाई कडा कारवाही गराउन जनस्तरबाटै थालनी गरिनु पर्नेमा जोड दिए । उनले भने “जातका आधारमा यदि कोही कसैले विभेद गर्छ भने समाजबाट नै बहिस्कार गर्नु पर्छ । ” कार्यक्रममा अन्तरजातिय विवाह गर्ने २० जोडीलाई समेत सम्मान गरिएको छ । काभ्रा गाविसमा मात्र २० जोडीले अन्तरजातिय विवाह गरेका छन् । दुवै पक्षका परिवारको सहमतिबाट विवाह हुने गरेको अन्तरजातिय विवाह गरेका प्रेम विकले जानकारी दिए । बुढापाकाले पहिले नमाने पनि हाल भने अन्तरजातिय विवाहलाई सहर्ष स्वीकार गर्न लागेको भनाई छ विमला बुढाथोकी को । समाजमा रहेको विभिन्न कुरितिहरुलाई पर्दाफास गर्न विवाह गरेको बताउन छन् विवाहीत जोडीहरु । सल्यानको काभ्रा गाविस राप्तीको पहिलो छुवाछुत मुक्त गाविस हुन पुगेको छ ।
साभार : रातो पाटी

No comments:

Post a Comment