अन्तरजातीय विवाहः सामाजिक प्रभाव र चुनौती विषयक अन्तक्रिर्या कार्यक्रम

०७० पुस १५ गते, (विवेक ढुङ्गाना/ इन्सेक)काठमाडौँ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मध्यमाञ्चल क्षेत्रीय कार्यालय र नेपाल दलित मानवअधिकार संगठनले पुस १५ गते संयुक्त आयोजना गरेको जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि "अन्तरजातीय विवाहः सामाजिक प्रभाव र चुनौती" विषयक अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा उपस्थित सरोकारवालाहरूले जातीय विभेद तथा छुवाछुत अन्त्यका लागि अन्तरजातीय विवाहलाई मात्र त्यसको न्यूनिकरणको रूपमा नलिई सम्पूर्ण आर्थिक, सामाजिक तथा साँस्कृतिक परिवर्तनमा समेत ध्यान केन्द्रित हुनुपर्ने धारणा राखेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले जातीय छुवाछुतको उन्नत अन्त्यका लागि मुख्य समस्याहरूको पहिचान गरी आर्थिक, गैरआर्थिक परिवर्तनको आवश्यकता रहेको औल्याए । उनले मानिसहरूमा जनचेतना,सामाजिक सद्भाव र मानवियताको विकासका साथै उत्पीडित समूदायमा मिश्रति बसोबास प्रणाली र शहरीकरण गर्न सकिए छुवाछुत सम्बन्धि तमाम समस्याहरूको न्यूनिकरणमा टेवा पुग्ने बताए । छुवाछुत सबैको साझा समस्या भएको उल्लेख गर्दै पूर्वअर्थमन्त्रि पाण्डेले सम्पूर्ण सरोकारवाला संघसस्थाहरूको साझा प्रयासमा ठोस छलफल र निचोडका साथ राज्यलाई तिनका समस्याहरूप्रति उजागार गर्दै त्यसको समाधानका निम्ति गम्भिरतापूर्वक ध्यान केन्द्रीत गर्न दबाबदिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुवोधराज प्याकुरेलले छुवाछुत अन्त्य तथा अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्न धार्मिक समुदाय तथा प्रवचनहरू मार्फत जागरण अभियान चलाउनुपर्ने बताए । उनले आधुनिक प्रवृधिको भरपुग उपयोग गरी छुवाछुत सम्बन्धी समस्याहरूलाई उजागार गर्दै त्यसको न्यूनिकरणका लागि सामाजिक जनचेतना तथा न्यायिक कार्यक्रमहरूलाई प्राथमिकतासाथ प्रसारण गरिनुपर्ने बताए ।
महिला तथा बालबालिका सेवा निर्देशनालय, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद गौतमले २१ शताव्दी आएर पनि छुवाछुत भन्ने शव्द सुन्नु ज्यादै निष्कृट भएको बताए । छुवाछुत शव्दलाई सबैले घृणा गर्दै मानवताको आधारमा सम्बन्ध स्थापनाका गर्न जरूरी रहेको उपरीक्षक गौतमले बताए । कोही पनि व्यक्ति उच्च जात र निच जातको नहुने भन्दै गौतमले नेपाल प्रहरीमा परेका छुवाछुत सम्बन्धि उजुरीमा कानुन बमोजिम अपराधीलाई दण्डित गर्ने कुरामा नेपाल प्रहरी प्रतिबद्ध भएर लागिरहेको बताए । कानुनको प्रमुख परिपालकको रूपमा नेपाल प्रहरी सदैव कटिवद्ध भएर लाग्ने बताउँदै उपरीक्षक गौतमले कानुनले बन्देज गरेका बालबिवाह लगायतका क्रियाकलाप नगर्न समेत सबैलाई सचते गराए ।

राष्ट्रिय मुक्ति समाजका अध्यक्ष जितु गौतमले जातीय छुवाछुत अन्त्यका लागि सही निति निर्माण आवश्यकता रहेको औल्याउँदै त्यसको दायरा फराकिलो बनाउनमा हामी सबैको दायित्व रहेको बताए । उनले जातीय छुवाछुतको अन्त्य र अधिकार संरक्षणको प्रारम्भ राज्यले गरेको बताउँदै त्यसलाई सकरात्मक अभियानको रूपमा अघि बढाउन सम्पूर्ण सराकोरवाला निकाय हातेमालो गरी अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मानवअधिकारकर्मी चरण प्रर्साईले व्यक्तिको अधिकार सुनिश्चित गर्न सकिएमात्र समाज रूपान्तरण हुन सक्ने र समाज रूपान्तरण भएमात्र हेरक दलितको घरमा उनिहरूको अधिकार स्थापित गर्न सकिने बताए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै इन्सेक मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतमले समाजमा अझै पनि जातीय विभेद, लैङ्गीक विभेद, दण्डहीनता व्याप्त रहेको बताए । उनले नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भईसकेता पनि समाजमा छुवाछुत सम्बन्धी समस्याहरू यथावत रहेका बताउँदै संयोजक गौतमले त्यसको न्यूनिकरणका लागि कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए । गैतमले अन्तरजातीय विवाह हुँदा दलीत र गैरदलित बीचमा नै आपसी द्वन्द् रहेको उल्लेख गर्दै दलित र गैरदलित विचको घेरा तोडि समतामुलक समाजको निर्माणमा जोड दिए ।
युएसआईपी नेपालका राष्ट्रिय सल्लाहकार शोभाकार बुढाथोकीले अन्तरजातीय विवाहका जोडलाई मुख्यत भौतिक सुरक्षा, आर्थिक सुरक्षा, सामाजिक सुरक्षाको आवश्यकता रहेको औल्याए । उनले विवाहको स्वतन्त्रतालाई कानुनी रूपमा, व्यवहारिक रूपमा र सामाजिक मर्यादाको रूपमा समान रूपले हेरिनुपर्ने बताए ।

नेपाली काङ्ग्रेका केन्द्रीय सदस्य मिन विश्वकर्माले अन्तरजातीय विवाहलाई छुवाछुत अन्त्यको अचुत उपायका रूपमा नलिई समग्र सामाजिक, आर्थिक र साँस्कृतिक रूपान्तरणलाई समेत ध्यान दिईनुपर्ने बताए । आर्थिक शोषणका कारण, भुमिको स्वामित्व नहुदा,शिक्षा रोजगार नहुँदा सामाजिक प्रतिष्ठा नभएका कारण अन्तरजातीय विवाहका जोडिहरू सामाजबाट बहिष्कृत हुनुपरेको बताउँदै विश्वकर्माले व्यक्तिको प्रतिष्ठामा जोड दिदै सामाजिक बहिष्कारलाई सुधार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका सहभागीहरूले मानिसहरूको सोच, चिन्तन र व्यवहारमा परिवर्तन, अन्तरजातीय विवाह पछि पीडितले पाउने यातनाबाट मुक्ति र भावनात्मक सम्बन्धको विकास गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

No comments:

Post a Comment