दलित अधिकारवादी संस्थामा आबद्ध दलित महिलालाई नै दलित भन्दै दुर्व्यवहार

०७० पुस ९ गते, मकवानपुर । हेटौडा नपा-९ की ४० वर्षीया सुनिता परियारलाई दलित भन्दै दुर्व्यवहार गरेको आरोपमा चुरियामाई गाविस-२ नयावस्तीकी मैना स्याङतानलाई पुस ८ गते प्रहरीले गिरफ्तार गरेको छ ।

बचत समूहको बैठकमा गएको अवस्थामा समूहकी साथीले ग्याँस सिलिण्डर पसलमा पुर्‍याउन लाग्दा उनलाई सहयोग गरेर पसल भित्र पस्दा स्याङतानले परियारलाई दुर्व्यवहार गरेकी थिइन् ।

आरोपित स्याङतानले तल्लो जाति भएर पसल भित्र पस्ने भन्दै गालिगलौज गर्नुको साथै भुत्ल्याएको पीडितले बताइन । पीडितले प्रहरीमा उजुरी दिएको आधारमा स्याङतानलाई प्रहरीले गिरफ्तार गरेको हो । पीडित परियार दलित अधिकारवादी संस्थामा आबद्ध छिन् । दलितत अधिकारवादी संस्थाले प्रेस विज्ञप्ति प्रकाशन गरी घटनाको भत्सर्ना र आरोपितलाई कानुनी कारबाही गर्न माग गरेका छन्

No comments:

Post a Comment