अछाममा जातिय भेदभाव तथा छुवाछुत मुक्त अभियान तिब्र गतिमा अगाडि

अछाम,पुष ६-पछिल्लो समय अछाममा जातिय भेदभाव तथा छुवाछुत मुक्त अभियान तिब्र गतिमा अगाडि बढिरहेको छ । जस अन्र्तगत जिल्लाका ।जनालीवण्डाली, जुपु र बान्नातोली गाविस भेदभाव मुक्त घोषणा भईसकेका छन भने कालिका गाविसलाई यहि पौष १० गते घोषणा गर्न लागिएको छ । अभियानकै क्रममा जिल्लको ओलिगाँउ गाविसलाई जातिय भेदभाव तथा छुवाछुत मुक्त घोषणा गर्नका लागि सर्बपक्षिय भेला गाविसमा सम्पन्न भएको छ । झपट बहादुर रावलको अध्यक्षतामा बसेको भेलाले गाविलाई निकट भविश्यमै जातिय भेदभाव तथा छुवाछुत मुक्त घोषणा गर्ने निर्णय गरेको हो ।

 घोषणाका लागि गाविसका प्रत्येक वडामा जातिय भेदभाव तथा छुवाछुत बारे बिभिन्न छलफल तथा प्रशिक्षण कार्यक्रम सञ्चालन भईसकेको उत्पिडीत उत्थान तथा चेतना बिकास मञ्च अछामले जनाएको छ । गाविसको वडानम्वर १,२ र ३ मा हिजो प्रशिक्षण चलाईएको र वडानम्वर ४ मा छलफल तथा प्रशिक्षण कार्यक्रम गरिएको जनाईएको छ । कार्यक्रममा दलित मञ्चका महेन्द्र बिक, राजनैतिक दलका प्रमुख प्रतिनिधी, समाजसेवी, बुद्धिजिवी, महिला वालवालीका लगायत सरोकारवालाको उपस्थिती रहेको थियो । साथै गाविसका बिभिन्न वडामा वडा नागरि मञ्चका भेला बसि योजना तर्जुमा कार्यपनि अगाडि बढिरहेको सम्वाददाता छत्र बोहराले जानकारी दिनुभएको छ ।

त्यस्तै गरि आज पुस ६ गते डोटीको भूमिराजमाण्डौ गाविसलाई जिल्लाकै पहिलो जातीय छुवाछुत तथा भेदभावमुक्त गाविस घोषणा गरिएको छ । स्थानीय गैर सरकारी संस्था र गाविसको पहलमा निकालिएको ¥यालीले गाविस परिक्रमा गरी जातीय छुवाछुत तथा भेदभावमुक्त गाविस घोषणा गरेको गाविस सचिव डबलबहादुर भाटले जानकारी दिए । अहिले गाविसका कुनै पनि वाडामा जातीय विभेद नरहेको सचिव भाटले दाबी गर्नुभयो । आफ्नो समुदायभर जातीय विभेद तथा भेदभाव नगरिने स्थानीय बासिन्दाले प्रतिबद्धता जनाएका छन् ।

No comments:

Post a Comment