दलित समावेशीकरण र राजनीतिक दलहरूको भूमिका

काठमाडौ, पुस १ -
मन्त्रिपरिषद्बाट २६ जना मनोनीत हुने सिटमा दलित प्रतिनिधित्व समावेश गरिनुपर्ने विभिन्न दलका नेताहरूले बताएका छन् । दलित सेवा संघद्वारा सोमबार राजधानीमा आयोजित संविधानसभामा दलित समावेशीकरण र राजनीतिक दलहरूको भूमिका विषयक अन्तक्रिर्यामा एमाले नेता जितु गौतमले पार्टीबाट २६ सिटमा दलित प्रतिनिध्ाित्व हुनुपर्ने मागलाई जोडदार रूपमा उठाउने बताए । नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री केशवमान शाक्यले राज्यले दलितहरूको समुदायको आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि संविधानसभामा प्रतिनिधित्व बढाउनुपर्ने बताए ।

फोरम लोकतान्त्रिकका जनकराज चौधरीले राजनीतिक दलहरूले दलित, मधेसी तथा उत्पीडनमा पारिएको समुदायको नाममा राजनीति गर्ने तर अधिकार दिने सवालमा बञ्चित गर्ने गरेको बताए । दलित नेता चक्रमान विश्वकर्माले राजनीतिक दलहरूले दलित प्रतिनिधित्व बढाउने आनकानी गरे दलका लागि घातक हुने बताए । 'दलहरू दलितको अधिकार स्थापित गर्न पछि परे परिणाम नराम्रो हुन सक्छ,' उनले भने ।

No comments:

Post a Comment