बुहारीको कुटाईबाट सख्त घाइते भएका भीमबहादुर सार्कीको मृत्यु

पर्वत, मंसिर २३ – बुढेसकालमा सासु ससुराको स्याहार गर्ने दायित्व बुहारीको हुन्छ । अझै बाबु आमाका लागि कान्छा छोरा बुहारी बढी नै प्यारा लाग्छन । तर पर्वतको दुर्लुङ्गमा भने कान्छी बुहारीको कुटाईबाट ८४ बर्षे बृद्ध ससुराको ज्यान गएको छ ।दुर्लुङ्ग गाबिस वडा नं २ का ८४ बर्षिय भीमबहादुर सार्कीको कान्छी बुहारी रुपा कुमारी सार्कीको कुटाईबाट ज्यान गएको हो । रुपाले मंसिर ७ गते ससुरालाई दाउराले हिर्काएको  त्यसकै कारण उपचार हुन नसकेपछि शनिबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।
बुहारीको कुटाईबाट सख्त घाइते भएका भीमबहादुरलाई पर्वत जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका लागि लगिएको थियो । दाउराले हान्दा साप्रोका हड्डी भाँचिएको र उपचार सम्भब नभएको भन्दै अस्पतालले फिर्ता पठाइदिएको थियो ।ससुरालाई कुटपिट गरि घाइते बनाएका कारण  मृत्यु भएको अभियोगमा प्रहरीले बुहारी रुपमाका बिरुद्ध कर्तब्य ज्यानमा मुद्दा चलाएको छ । रुपालाई शनिबार नै पक्राउ गरि मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले  जानकारी दिनुभयो ।
ससुराको अबस्था गम्भीर भएको थाहा पाएपछि बाचन सम्भब नभएको थाहा पाएकी कान्छी बुहारी मंसिर १५ देखि नै घरबाट फरार भएकी थिइन । उनी ससुराको मृत्युपछि मुख हेर्ने नाममा पर्वत जिल्ला अस्पताल आइपुगेको बेला प्रहरीले पक्रेको हो ।मृतक भीमबहादुरका ४ छोरा रहेका छन । कान्छा छोरा डिलबहादुरका २ छोराछोरी छन । बुहारीले कुटपिट गरेको र उपचार सम्भव नभएको भन्दै जेठा छोरा नरबहादुर सार्कीले प्रहरीमा उजुरी गर्नुभएको छ ।
साभार :- दुर्गाप्रसाद शर्मा/उज्यालो ।

No comments:

Post a Comment