अछाम र डोटीको केहि गाविस जातीय छुवाछूत तथा भेदभावमुक्त गाविस घोषणा

डोटी,मंसिर २५- डोटी जिल्लाको भुमिराजमाण्डौ गाविसलाई आज जातीय छुवाछूत तथा भेदभावमुक्त गाविस घोषणा गरिएको छ ।

 जातिय भेदभाव तथा छुवाछुत अन्त्यका लागी सचेतना अभियान कार्यक्रम ईएसपि नेपालको सहयोगमा समबिकाश केन्द्र डोटी र आरडिएन नेपालको सयुक्त साझेदारीमा भुमिराजमाण्डौ गाबिसलाई जातीय छुवाछूत तथा भेद्भावमुक्त गाविस घोषणा गरिएको हो ।

 गाविसलाई आज जातीय छुवाछुूत तथा भेदभावमुक्त गाविस घोषणा गरिसकेपछि स्थानियबासीले अब जातका आधारमा कुनै भेद्भाव नगर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रम गाबिस सचिब डबल बहादुर भाटको अध्यक्षतामा भएको थियो। 

त्यस्तै गरि गत साता मंसिर २१ गते अछाम जिल्लाको जनालीबण्डाली गाविसलाई आज जातीय छुवाछूत तथा भेद्भावमुक्त गाविस घोषणा गरिएको छ । सार्वजनिकस्थल तथा अन्य ठाउँमा गाविसबासीले छुवाछूत नमानेपछि आज एक कार्यक्रमबीच जातीय छुवाछूत तथा भेद्भावमुक्त गाविस घोषणा गरिएको हो । बुधबार मात्रै छाउपडि गोठमुक्त घोषणा भएको गाविसलाई जातीय छुवाछूत तथा भेदभाव मुक्त गाविस घोषणा गरिएको हो । गाविसलाई आज जातीय छुवाछुूत तथा भेदभावमुक्त गाविस घोषणा गरिसकेपछि स्थानियबासीले अब जातका आधारमा कुनै भेद्भाव नगर्ने प्रतिबद्धता जनाएका छन् ।

स्रोत :-त्रिबेणी एफएम ९४.४

No comments:

Post a Comment