दलितका पहिचान कहाँ र दलितका सेवाहरु के रहने ?

धरानमा शुक्रवार भएको नया संविधान समावेश गर्नुपर्ने दलित मुद्धाहरु विषयक अन्तरक्रियामा उनीहरुले त्यस्तो धारणा राखेका हुन् । दलित अधिकारकर्मीहरु, सुनसरी क्षेत्र नम्बर १ सुनसरीका प्रत्यक्ष, समानुपातिक उम्मेदवारहरुको उपस्थिीतिमा उक्त अन्तरक्रिया गरिएको थियो ।
उम्मेदवारहरुलाई दलित अधिकारकर्मीहरुले संविधानसभाको निर्वाचन जितेपछि दलितका आर्थिक, सामाजिक, रोजगारका लागि के गर्नुहुन्छ? जातिय छुवाछुतका अपराधमा पिडित र पिडकलाई न्याय हुने खालको कानुनी व्यवस्था हुनुपर्ने, स्वास्थ्य शिक्षा लगायत दलितलाई छुटै अदालतको स्थापना हुनुपर्ने, दलितहरुलाई हेर्ने दृष्टिकोणमा पार्टीको नजर परिवर्तन हुनुपर्ने, विगताको संविधानसभामा भएका आश्वासन जस्तै दोश्रो संंविधान सभामा पनि आश्वासन त हुने हैन? दलितका पहिचान कहाँ र दलितका सेवाहरु के रहने ? लगायतका प्रश्न र सुभाव दिएका थिए । अन्तरक्रियामा एकिकृत नेकपा माओवादी क्षेत्र न.१ सुनसरीका प्रत्यक्ष उम्मेदवार मुक्साहाङ मेन्याङबोका अनुसार अबको संविधानमा पिछडा वर्ग तथा दलितलाई प्राथमिकता दिने खालको कार्यक्रम ल्याउने बताउनुभयो । यस्तै, संघिय समाजवादी पार्टी नेपालका क्षेत्र न.१ सुनसरीका प्रत्यक्ष उम्मेदवार ध्यान बहादुर राईले सबै खालका एन जि ओ, विकास निर्माणका कामहरुको बारेमा आफु विज्ञ भएको बताउदै, पहिला पछाडि पारिएका वर्र्गको उत्थानका लागि विभिन्न कार्य गर्ने प्रतिबद्धता जाहेर गरे ।     यस्तै, राप्रपा नेपालका क्षेत्र न.१ सुनसरीका प्रत्यक्ष उम्मेदवार जुद्ध लोहनी, नेकपा एमालेकी क्षेत्र न.१ सुनसरीकी समानुपाति उम्मेद्धवार साबित्रि श्रेष्ठ जोशी, राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र न. १ सुनसरीका प्रत्यक्ष उम्मेदवार चन्द्र खापुङ, लगायतका उम्मेदवारहरुले आफुले चुनाव जितेमा दलितका मुद्धालाई लिएर कार्य गर्नेमा जोड दिए ।
डि एन एफ पुर्वान्चल ईटहरीको आयोजनामा भएको अन्तरक्रियामा वातावरण तथा दलित समुदाय विकास संघ धरानको व्यवस्थापन रहेको थियो ।

No comments:

Post a Comment