आफूलाई ‘सिक्का बाबा’ बताउने रामबहादुर परियार विश्व भ्रमणमा

श्यामकृष्ण/दाहाल उज्यालो । भोजपुर, पुस ७ - कास्की जिल्ला ह्याम्जा २ का ४३ वर्षका रामबहादुर परियार आफ्नो छुट्टै पहिचान लिएर विश्व भ्रमणको उद्देश्यसहित १ वर्षदेखि नेपालका विभिन्न जिल्ला घुमिरहनुभएको छ ।
परियारको शीरदेखि पाउसम्म पैसाको सिक्काले कपडा पुरिएको छ । आफूलाई ‘सिक्का बाबा’ बताउने उहाँको शरिर पुरै र हातका औंलाहरुमा औंठीसमेत गरि १ सय ८० राष्ट्रको सिक्का छ ।
विश्व शान्ति, संविधान र देशका दुर्गम क्षेत्रमा यातायात लगायत विकासको दवाबमुलक सन्देशका साथ आफू विश्व भ्रमणमा निस्किएको उहाँले बताउनुभयो । उहाँ देशका ५८ वटा जिल्ला पुगेर भोजपुर आईपुग्नुभएको हो । परियारले भ्रमणका क्रममा पैदल, गाडी र हवाईजहाज प्रयोग गर्नुभएको छ ।
भ्रमणको क्रममा लाग्ने खर्च जिल्लास्थित सरकारी, गैरसरकरी कार्यालय, व्यापारी, कर्मचारी तथा व्यक्तिहरुसँग मागेर संकलन गरिरहेको उहाँको भनाई छ ।
ट्रेकिङ्ग तथा नेपाल प्रहरीमा २ वर्ष पुगेको जागिर छाडेर भ्रमणमा निस्किएका रामबहादुरले १७ वर्षमा पुरै विश्व भ्रमण गरिसक्ने लक्ष्य राखेको बताउनुभयो ।
source:- उज्यालो

No comments:

Post a Comment