गायक शिव परियारलाई २०७० को नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान गर्ने

काठमाडौं - राष्ट्रिय युवा सेवा कोषले गायक शिव परियारलाई २०७० को नारायणगोपाल युवा संगीत पुरस्कार प्रदान गर्ने भएको छ । नारायणगोपाल युवा संगीत पुरस्कार छनोट समितिका अध्यक्ष दीपक जंगमले यस्तो निर्णय गरेको जनाए । पुरस्कारमा ४० हजार रुपैयाँ र स्वर्णपदक रहेको कोषका अध्यक्ष भीमबहादुर अधिकारीले बताए । 
मुर्तिया सर्लाहीमा जन्मेका गायक शिव परियार आमाबाबुका चार सन्तान मध्ये जेठा छोरा हुन्  उनका तिन बहिनीहरु छन् हाल उनको बसाई हजरिया सर्लाहीमा छ । करिब एक दसक देखि शास्त्रीय संगीत सिकेर, संगीत प्रशिक्षण र व्यावसायिक गायनमा लागेका परियारका 'कादम्बिनी', 'क्या दामी' लगायत आफ्नो आठौँ एल्वम 'कथाले मागेपछि' बजार ल्याइसकेका छन् ।राष्ट्रिय स्तर मा नै चर्चा पाएका गायक शिव परियार सानै देखि गायन क्षेत्रमा रुची राख्ने रआफ्नो गायकी प्रतिभा प्रस्तुत गरि पुरस्कृत समेत भै सकेका हुन्  ।  १३  वर्षको उमेरमा मध्यमान्चल वाल गीत प्रतियोगितामा पहिलो स्थान हासिल गरेको उनलाई थाहा छ तर उनलाई त्यस बेला कुन गीत बाट पुरस्कृत भएको भन्ने चाही सम्झना छैन भन्छन । 

उनको पहिलो एल्बम मोक्ष,  दोर्श्रो स्वयं,  तेश्रो कादम्बिनी, र चौथौ क्या दामी सानै उमेर देखि गायन क्षेत्र मा पुरस्कृत हुँदै आएका गायक शिव परियार २०५९ सालमा रेडियो नेपालको आधुनिक गीत प्रतियोगिता मा प्रथम भएका थिए । त्यस्तै इमेज अवार्ड मा धेरै चोटी मरे मत बोल को गीत बाट  अवार्ड हात पारे भने कालिका एफ एम को अवार्ड मा कहाँ थियौ बोल को गीत बाट अवार्ड हात पारेका थिए ।त्यस्तै १३औ क्लोज अप हिट्स एफ एम मुजिक अवार्ड मा Best Male Vocal Performance र Record of the year  दुइ विधामा "कहाँ थियौ" बोल को गीत मनोनयनमा परेको थियो .।

No comments:

Post a Comment