गुल्मीको हवाङ्गदी गाविसकी दलित किशोरी न्याय नपाएर अलपत्र -प्रेम सुनार

गुल्मी १२ पुस । एक वर्ष अघि स्थानिय मगर समुदायका एक विवाहित पुरुषको जवरजस्ती करणीबाट जन्मीएको शिसु बेवरिसे बनाउँदै गुल्मीको हवाङ्गदी गाविसकी एक दलित किशोरी न्याय नपाएर अलपत्र परेकी छन् । हवाङ्गदी गाविस वडा नम्वर ७ निवासी चित्रबहादुर घर्ति मगरले सोही गाविस वडा नम्वर ४ कि १४ वार्षिया सुन्तली नेपाली (नाम परिवर्तन ) लाई गत वर्ष जवरजस्ती करणी गरी सन्तान जन्माएर मगरले त्यो सन्तान आफ्नो स्वीकार गरे पनि पछि परिवारले उनलाई भगाए पछि सुन्तली अलपत्र परेकी हुन् । उनले गत चैत्र २० गते छोरा जन्माएकी थिईन् । 

‘सुन्तलीले हामी गाउँका भद्रभलादमीहरुका माझ चित्रबहादुरलाई पोलेपछि उनले त्यो सन्तान स्वीकार गरेका थिए’–स्थानिय समाज सेवी हिमानसिंह बुढाले भने–‘ पछि उनकी जेठी श्रीमतिले वडा नम्वर ७ का महिलाहरुको समुह ल्याएर सुन्तलीलाई ज्यान मार्ने सम्मको धम्की दिदै चित्रलाई घरबाटै भगाए पछि उनि अलपत्र परेकी छन् ।’ सम्पत्तिका नाममा वास मात्रै भएकी सुन्तलीकी आमाले दैनिक निमेक मजदुरी गरेर घर चलाउँदै आएकीले न्यायका लागि तम्घास सम्म आउने बाटो खर्चको जोह उति बेला गर्न नसकेर त्यतिकै बसेको बुढा मगरले बताए । 
त्यो कुराको उजुरी गरेपछि गाउँमा कतिपयले एैचोपैचो समेत रोकेका थिए भने कैयौंले बेखर्ची सुत्केरी सुन्तलीलाई मानो उठाएर सुत्केरी उम्काएका थिए । सुन्तलीको त्यो बिचल्लीको खवर रेडियो पत्रिका ओझेलका खवरमा प्रशासर भएपछि विदेशमा रहेका नेपालीहरुले समेत सहयोग पठाएर उनको विहान बेलुकाको गुजरा चलेको थियो । ‘आमा बुढि हुनुहुन्छ ,बाबु अर्की आमा लिएर कहाँ हुनुहुन्छ पत्तै छैन्’–सुन्तलीले भनिन –‘के गरुँ न्याय पाउनु त परै जाओस् भोको पेटमा खान छैन, यहि वर्षिको छोरो बोकेर मेलपात गरेर जिविका गरेकी छु ।’

‘उति बेला भर्खर विदेशबाट आएका चित्रबहादुरले मध्येरातमा आएर एक्कासी मुख थुने म चिच्चाउन सकिन’ सुन्तलीले उनको कर्तुत सुनाउँदै भनिन् –‘ गुहार माग्न खोज्दा खोज्दै म बेहोस भएँ । ’ ‘गर्भ रहेपछि उनलाई भन्दा उनले लगेर फाल भन्थे तर म सित पैसा थिएन कसरी फालुँ ? उनले पैसा दिएनन् ’–सुन्तलीले भनिन् –‘पछि छोरो जन्मेपछि उनका गाउँका महिलाहरुले ज्यान मार्ने सम्मको धम्की दिएपछि गाउँ निकला हुनु पर्ने डरले आमाले चुप लागेर बस भनेपछि सहेर बसेकी छु ।’ यति बेला चित्रबहादुरकी जेठी श्रीमतिले छोरी पाएकी छन् भने यता सुन्तलीले जन्माएको छोरा ठ्याक्कै चित्रबहादुर कै फोटो कपी रहेको स्थानिववासी बताउछन् । 

उनले न्यायका लागि पहल गरी दिन जिल्लाका दलित अधिकारकमीसंग आग्राह गरिन् । भनिन–‘ जिल्लाका दलित संघ–संस्थाहरुले बाटो खर्च मिलाई दिए आउने थिएँ के गराम, गाडी भाडा तिर्ने पैसो छैन, बच्चासित हिडेर आउन सक्दिँन । ’ उनि सहित गैह्र दलितहरुको गर्भ धारणबाट जन्मीएको सन्तान लिएर माईती मैं अलपत्र दलित समुदायका कुमारी आमाहरु जिल्लामा दर्जनौंको संख्यामा अलपत्र छन् ।

No comments:

Post a Comment