सजिवनको गेडा खाएपछि पाँच दलित बालबालिका अचेत

कास्की, ९ पुस ।कास्कीको  आर्वाविजय गाविस–४ कसेरीमा खानेकुरा भन्दै सजिवनको गेडा खाएका पाँच बालबालिका अचेत भएका छन् । आप्mनै घर छेउ खेल्दै गरेका बेला ती बालबालिकाले झुक्किएर सजिवनको गेडा खाएका थिए ।
 
 सजिवनको गेडा खाएपछि तत्काल बिरामी परेका उनीहरूको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
 
बिरामी पर्नेमा पाँच वर्षीय लक्ष्मण विक,  नौ वर्षीया लक्ष्मी विक,  १२ वर्षीय कृष्ण विक, सात वर्षीया सङ्गीता विक र चार वर्षीया रेनी विक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रासस

No comments:

Post a Comment