पुने सुनारलाई कुटेर हत्या गर्ने लाई प्रहरीले सार्वाजानिक गर्यो

प्रेम सुनार, गुल्मी मंसिर ३० -जिल्लाका विभिन्न ३ स्थानमा बेग्ला बेग्लै तिन ब्यक्तीलाई कुटेर हत्या गर्ने अभियुक्तहरुलाई प्रहरीले सार्वाजाकि गरेको छ । पत्रकार सम्मेलन गरी मंसिर ८ गते अमरपुर ४ का ५८ वर्षिय पुने सुनारलाई कुटेर हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले धुर्कोट रजस्थल ६ का ३० वर्षीय कपुर बि.क. , मंसिर २६ गते अस्लेवा ६ का ३१ वर्षिया पदमप्रसाद पाण्डेलाई हत्या गरेको अभियोगमा ठुलो लुम्पेक ८ चेहमीका २५ वर्षिय जंङ्गबहादुर भन्ने गंगाबहादुर कुँवर र मंसिर २८ गते राती दर्लिङ्ग ९ का ५३ वर्षिय रामप्रसाद पाण्डेलाई हत्या गरेको अभियोगमा दर्लिङ्ग ९ कै ३४ वर्षिय हर्कबहादुर घर्तिलाई प्रहरीले सार्वाजानिक गरेको हो । 
पाण्डे घाईते भई भरतपुर अस्पतालमा उपचार गराउने क्रममा हिजो दिउँसो २ वजे मृत्यु भएको प्रहरी निरक्षक निशान्त श्रीवास्तवले बताए । अभियुक्त हर्कबहादुर २०५४ सालमा पनि आफ्नै बाबुको हत्या गरी कारवास सजाएँ पुरा गरी निस्केका थिए । यि तिनै वटा घटनाको सक्षम अनुसन्धान गरी छिट्टै अभियुक्तहरु पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले बताए । तिन वटै अपराधका घटना जाँड रक्सी सेवनबाट भएको उनले बताए । अभियुक्तहरु फरार भई विभिन्न स्थानमा लुकेर बसेको अवस्थामा प्रहरीले चारै तिर घेराउ गरी पक्रेको लम्सालले जानकारी गराए । 
पत्रकार सम्मेलनमा तिनै जना अभियुक्तहरुले आफले कुटेको स्वीकार गरेका छन् । अमरपुरका पुने सुनारका अभियुक्त कपुरले भने आफुले मात्र नभई त्यस दिन पाडो काटेर संगै रक्सी खाने अरुले पनि त्यसै घरको आँगनमा सुनारलई कुटपिट गरेको तर उनिहरुले आफुलाई मात्र फसाएको बताएका छन् । केहि दिन कै अन्तरालमा श्रंखलाबद्ध अपराधका घटनामा प्रहरीले तत्काल अभियुक्त समात्न सकेको प्रति स्थानियवासीले प्रहरीको सक्षमताप्रति सन्तोष ब्यक्त गरेका छन् ।
========================================================

संविधान सभा चुनावको मत गणना चलिरहेकै बेला रक्सी मासु खान–पिन गरेर फर्किदै गर्दा भिरबाट लडेर मृत्यु भयो भनिएका अमरपुरका पुने सुनारको कसैले कुटेर हत्या भएको आंशका गरिएको छ । मंसिर ८ गते साँझ अमरपुर २ निवासी ५६ वर्षिय सुनारको वडान नम्वर ६ स्थित चुँदाराडाँडाको भिरबाट लडेर मृत्यु भयो भनिए पनि उनलाई कसैले कुटेर हत्या गरेको भन्दै परिवारजनले प्रहरीलाई उजुरी दिएका छन् । मृतककी श्रीमति गोमा र छोरा मानबहादुरले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् । स्थानियवासीका अनुसार चुनावको चार दिन पछि मंसिर ८ गते विहान करिव ८ वजेतिर स्थानिय कटुवाल काम गर्ने नमबहादुर बि.कले पाडो काट्न गाउँका दलितहरु लाई बोलाए । सुनार पनि त्यहाँ गएर पाडो काटेर रक्ती भुटुवासंग रक्सी खान थाले । उनि सहित ७ जना दलितहरु थिए । सुरुमा रामबहादुर बिकलाई ८ वटा टुङकुला नामको रक्सी ल्याउन लगाईयो । क्रमश खाँदै जाँदा सवै जना रक्सीले टिल थिए । त्यही क्रममा वस्तु ६ निवासी ३१ वर्षिय कपुर बि.क दिउँसो २ बजेतिर आफन्त पर्ने नमबादुरकहाँ आईपुगे । उनिहरु ८ जना भएर रक्सी मासु खाँदै झगडा निकाल्न सुरु गरे । प्रत्यक्षदर्शी नमबहादुरका अनुसार सुरुमा झडगाका विउ सुनारले रोपेका थिए ।
 नातामा कपुरका ससुरा पर्ने भनिएका सुनारले यसलाई आज नमारी छाड्दिन भन्दै कुट्न थालेको नमबहादुर बताउँछन् । कपुर र नमबहादुर नजिकका नाता भएकोले त्यस परिवारले उनकै पक्ष लिएको सुनार पक्षधरको आरोप छ । नमबहादुरका अनुसार ति दुई जना विच झगडा चर्किन थालेपछि उनकी श्रीमातिले सुनारलाई मासु बोकेर घर जान लगाईन । सुनार पनि झोक्कीदै पाँच सयको मासु झोलामा बोकेर गन्र्धव भन्नेको घरसम्म पुग्दै थिए । नमबहादुर सहित ६ जनाको भनाई यस्तो छ –‘ भनाभन जारी थियो । त्यतिकैमा के भने कपुरले र उनि त्यो मासु भुँईमा राखेर उनलाई मार्छु भन्दै लघार्न थाले । लघार्दै जाँदा अलिपर भिरमा पुगेपछि सुनारले किम्बुको रुखको हाँगो भाँचेर हान्न के आँटेका थिए त्यही बेला लुकेर बसेका कपुरले उनको टाउँकोमा ठुलै दाउराले प्रहार  गरेर उनलाई ढलाएको कोदो काट्ने  खेतलाले देखेका थिए । देखेको बताउँछन् । उनिहरु थप्छन –हामीहरु घरमै थियौं । मेलापात गरेका महिलाहरुले थाह पाए पछि उनलाई तल भिरमा देखरे पुगेका हौं । ’ उनिहरुको भनाई र नमबहादुरका छोरीहरुको भनाई बाँझीएको छ । भिरमा पुगेर त्यस्तो हानाहन भएको उनका छोरीहरु जुना र देवकलाले प्रहरी समक्ष बताएको जनाईएको छ । तर उनिहरुले थाहै पाएनौ भन्नुले मृतकका परिवारजनमा थप अशांका उत्पन्न भएको हो । मृतकका परिबारजनले भने कपुरले मात्र नभई अरुले पनि मिलेर कुटपिट गरी तल भिरमा लगेर लडेर मरेको भन्ने बनाउन खोजेको आशंका गरेका छन् । सुरुमा पनि लौ बाघखोरे दाई ( मृतक ) भिरबाट लडे भनेर गुहार मागिएको थियो र पोष्टमार्टम गर्न सदरमुकाम सम्म ल्याउने बेला सम्म पनि उनिहरुको बयान त्यही थियो । परिवारजनले जिल्ला प्रहरी कार्यालयमा उजुरी हालेपछि अनुसन्धान बढेको हो ।सुनारका छोरा मानबहादुर बाबुको त्यसै घरमा हत्या गरेर भिरदेखि तल बोकेर ल्याएर राखिएको दावि गर्छन् । त्यति अग्लो भिरबाट लडेरै बुवाको मृत्यु भएको भए हात खुट्टा भाँचिनु पर्ने कपडामा रगत र माटो लाग्नु पर्ने उनले भने –‘ टाउँकोमा चोट बाहेक मुहारको रगत समेत पुछेर राखिएको जस्तो लाग्दछ । सुनारकी श्रीमाति गोमाले पनि श्रीमान लडेर नभई त्यसै घरमा मारेर त्यहाँ लगेर राखेको ठोकुवा गर्छिन् । यस सम्वन्धमा त्यस घटनाको अनुसन्धान गरीरहेका प्रहरी निरक्षक सुशान्त श्रीवास्तवले त्यस दिन उनिहरु विच त्यस घरमा झगडा चलेको खुल्न आएको बताए । अस्ति त्यहाँका पुरै गाउँवासीलाई बोलाएर बुझ्ने काम भयो ’ श्रीवास्तवले भने–‘ आज पनि त्यस दिन संगै खाई पिई गरेकालाई बोलाएर बुझ्ने काम भईरहेको छ ।’ आरोपित कपुर १५/२० दिन अघि चुनावका लागि भारतबाट घर आएका थिए । उनि त्यस दिन आफन्त नमबहादुर कहाँ भेट्न आएको केहि बेरपछि नै विवाद सुरु भएको र त्यसभिर नजिक पुग्दा हात हालाहाल भएको कपुरले स्वीकार गरेको श्रीवास्तवले जानकारी दिए । कपुर त्यस दिन शव संगै सदरमुकाम आएका थिए । शव लगेर उनको घरमा पनि पुगेर क्रियाक्रममा परिवरजनलाई बसाए । तर जव गाउँमा कुटाकुट भएको हल्ला–खल्ला हुन थाल्यो कपुर त्यहाँबाट फरार भए । प्रहरी निरक्षक श्रीवास्तव भन्छन्–‘ त्यसको दुई दिन पछि वस्तुस्थित उनका छिमेकीको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेका हो ।’ पक्राउ गरे लगत्तै अनुसन्धानका क्रममा नमबहादुर लगायतका दुई छोरीहरुलाई बोलाएर सोधपुछ गर्दा उनिहरुले पनि कपुरले दाउराले टाउकोमा हानेको बताएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार लम्सालले बताए । ‘कपुर विरुद्ध त कर्तब्य ज्यान मुद्धा नै अदालतमा हामीले पेश गरेका छौ, लम्सालले भने –‘सात दिन म्याद थपेर थप अनुसन्धान भईरहेको छ, अन्य संलग्न छन– छैनन् भन्ने कुरा पछि खुल्ने छ । ’ उनको शव संगै बसेर खाने मध्येका टंकबहादुर सुनार मात्रैले कुरेका थिए । बाखखोरे दाईको लडेर मृत्यु भएको हो अब सनाखत गर्न लैजाउँ भनेपछि आफुहरुलाई आशंका लागेर रोकेको वडा नम्वर ४ को गोपाल सुनारले बताए । ‘ म र अमर कुँवर गएर रोकेका हौं’ सुनारले भने–‘ लडेको भनिएको ठाउँमा न रगत छ न त घिसारिएको देखिन्छ त्यसैले हामीलाई शंका लागे र पोष्टमार्ट गराउनका लागि तम्घास लगेका हौं ।’ उनिहरु बसेको घर लिपीनु हामीले सुरुमा सोध्धा धुर्कोटको त्यो कपुर भन्ने मान्छे पनि थियो रे नि भन्दा उ थिएन भन्नु र अहिले उ मान्छे त्यहाँ भएको पुष्टी हुनुले उ एक जनाले मात्रले उनलाई मारेको पत्याउन सकिदैन’– गोपालेले भने ।
 साभार : गुल्मी टाइम्स

No comments:

Post a Comment