सबै दलितहरुको एकता र संघर्ष अपरिहार्य छ -गोपाल सिवा

धार्मिक , सास्कृतिक तथा जातीय छुवाछुतको कारणले गर्दा समाजमा परम्परा देखि चालिएको कुरीति र कुसस्कारले गर्दा देशका ६० लाख दलित असमानताको गहिरो खाडलमा पर्नुका साथै गरिबीको मारमा पिल्सिनु परेको छ ! परम्परागत चालचलन र अन्धबिश्वाश्का कारणले दलितहरु अन्याय , अत्याचार र शोषण बाट गुज्रनु परेको छ ! तुलनात्मक रुपमा हेर्ने हो भने जनसंख्याको २० प्रतिशत रहेको दलितको आर्थिक , सामाजिक , राजनीतिक तथा प्रशासनिक छेत्रमा संख्या न्यून रहेको छ जुन समय सापेक्छ हुदै होइन !  
मुलुकमा साठी लाख दलितहरु छरिएर बसेका छन् जसले गर्दा अन्याय , अत्याचार , हिंशा तथा असमन्ताको पहिचान हुदा पनि समश्यामा पिल्शिएर बसेका छन् यो यथार्त अनबिज्ञयता हो या बुझ पचाउनु पर्ने दैनिकी हो कुनी ?

जसरि  चौडा बगरमा छरिएको नदि मन्द गति र शक्तिहीन हुन्छ तर त्यहि नदि सुरुङ्ग र पाइपमा केन्द्रित भई बेगले बग्दा बिराट शक्तिको बिधुत उत्पादन गर्न सक्षम हुन्छ ! त्यसै गरि दलितहरुको सबल र चुनौती खयाल गर्दै एकताबद्ध भई संगठित मानसिकताले बिद्रोह र संघर्ष गर्दा बिगतमा शैलेश्वोरी पर्बेश काण्ड ,पशुपतिनाथ मन्दिर पर्बेश काण्ड, सिरहाको चमार बहिस्कार काण्ड , अर्घाखाचीको पानी उबाऊ काण्ड , गोर्खाको दरबार पर्बेश काण्ड , स्यांग्जाको उदियाचौर ढुध काण्ड जस्ता राष्ट्रिय चर्चामा आएका कार्य गर्न सक्षम भएका छन् ! छुवाछुत लाई राज्यको साझा मुदाको रुपमा लिन छुवाछुत मुक्त राष्ट्र घोषणा गर्ने देखि दलितहरुको उथान गर्न बिगतमा जे जति उपलब्धिहरु हाशिल भए ति सबै सयुक्त आन्दोलन गरेको उपज मान्नु पर्छ !

यति बेला दलितहरु झन् बढी सचेत भई अघाडी बढ्नु अपरिहार्य देखिन्छ किन भने संकटपूर्ण अवस्थामा गुज्रीरहेको र यो अवस्था बाट पार पौने जुक्ति भनेको संबिधानसभा र नया संबिधान निर्माण गर्ने रहेकाले  अब निर्माण हुने संबिधानमा दलितहरुको सबाललाई पूर्ण मुक्ति का लागि निर्दिस्ट र किटान गरेर राखिनु पर्छ !दलितहरुको प्रत्यक्ष सहभागितामा नया संबिधान निर्माण हुनु जरुरि देखिन्छ र कुनै पनि कुरा बाट बन्चित गरिनु हुदैन  ! यसर्थ हामी सबै दलितहरुको एकता र संघर्ष अपरिहार्य छ !

No comments:

Post a Comment