जुत्ता सिलाएरै छोरालाई डाक्टर

५ असोज, काठमाडौं । काम कहिल्यै पनि सानो हुँदैन, जुनसुकै काम पनि मेहनत र लगनशील भएर गरे जीवनमा अबस्य सफल भइन्छ । यसैको उदाहरण हुन कोहलपुर गाउ विकास समिति ३ बस्ने बर्ष ५० का कृष्ण बहादुर सार्की ।

 कृष्ण बहादुर १८ बर्ष देखि जुत्ता चप्पल सिलाउने ब्यवसाय सञ्चालन सुरु गरेका थिए । जुत्ता चप्पल व्यवसायबाटै आफ्नो छोरालाई दन्त चिकित्सक अध्ययन र छोरीलाई प्लस टु अध्ययन गराउन सफल भएका छन ।
 
आफू निरक्षर भएकाले जुत्ता चप्पल सिलाउने काम थाले तर छोराछोरीलाई जुत्ता चप्पल सिलाउन काम गर्न बाध्य नहुन भनि आफुले आधा पेट खाएर छोराछोरी पढाएको बताएको आजको राजधानी दैनिकले लेखेको छ ।


आफूले कोहलपुर बजारमा जुत्ता चप्पल सिलाउने काम थालेपछि पसलका अगाडिका बोर्डिङ स्कुलका कपडा लगाएर बालबालिकाहरू स्कुलतिर जाँदा आफ्ना स–साना बालबालिका पनि बोर्डिङ स्कुलमा पढाएर ठूलो मान्छे बनाउने अठोट मनमा लिएका थिए, उनले । अरुको पुराना जुत्ता चप्पल सिलाउन सुरु गर्दै गए र विस्तारै ऋण काढेर छाला ल्याएर नयाँ जुत्ता बनाइ विक्रि गर्ने काम सुरु गरेको बताए ।
 
कृष्ण बहादुरका छोराले एसएलसी परीक्षा ७८ प्रतिशत ल्याएर पास भएपछि विज्ञान पढ्नमा रुचि देखाए । छोराको कुरा सुरुमै बुझेनन् उनले र छरछिमेकसँग कुरा गरेपछि थाहा पाए छोराले डाक्टर बन्ने इच्छा गरेको रहेछ । यता कृष्ण पैसाको जोहो गर्दै थिए उता छोराले दन्त चिकित्सक अध्ययनका लागि नाम निकाले । सहरकारीबाट ऋण लिएर भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा छोरा दिलबहादुरलाई दन्त चिकित्सक गराउन थालेको उनी बताउछन । उनका छोराले कलेजमा स्करलसिपका नाम निकाले पछि बार्षिक १ लाख रुपैयामा पढ्न थालेका पनि कृष्ण बहादुरले बताएका छन ।

साभार :-राजधानी दैनिक

No comments:

Post a Comment