कुवेतमा दलित एकता संन्जाल नेपाल नामक संस्था गठन

छबीराम विक, -कुवेतमा दलितहरु पनि संगठित भएका छन । हिजो अर्थात २७ सेप्टेम्बरका दिन कुवेत सीटी स्थित भिलेज ईन रेष्टुरेन्टमा भेला भएका दलित जातिहरुले पनि आफ्नो समुदायको हक हितका लागि दलित एकता संन्जाल नेपालको नामक संस्था गठन गरेका छन । आश बहादुर नेपालीको संयोजकत्वमा नबगठित दलित एकता संन्जाल नेपाल कुवेतमा तदर्थ ३१ सदस्यीय रहेको छ । 

 कोसेली न्युजसँग कुरा गर्दै संयोजक आश बहादुर नेपालीले भने कुवेत होस वा प्रवास अथावा स्वदेश सवै ठाउँमा आफ्नो समुदायको हित,हक र उत्थानका निम्ति दलितहरु आफै चेतनशिल र जागरुक हुदै संगठित हुने क्रम छ । कुवेतमा आफूहरुको हिजोको भेला पनि त्यसै श्रंखला को एउटा भाग भएको बताए । उनले भने सर्वप्रथम त हामी आफै सचेत हुन पर्छ । अधिकार मागेर पाईदैन यसलाई आवश्यक परे खोसेर लिन पर्छ जसका लागि संगठित हुन जरुरी छ नेपालीले भने । 
 झण्डै ७०० सय बर्ष पहिले राजा जयस्थिती मल्लले कामका आधारमा जातिय प्रथाको रित बसाए पनि विस्तारै यसलाई सामाजिक विभेदको रुपमा जरा गाडदै गएको थियो । सवै मान्छे एक हुन जन्मको आधारमा कोही उच्चो र निचो हुदैन भन्ने आम मान्यता बोकेको आजको समयमा समेत त्यसताकाका कुरिती र कुप्रथा पूर्ण रुपमा भत्काउन गाहे भईरहेको छ । यसै क्रममा नेपाली दलित समुदायहरु देश भित्र र बाहिर आफ्नो स्वभिमानका लागि लडदै आएका छन । यसै क्रममा मुलुक बाहिर २० भन्दा बढी मुलुकमा दलितहरुले आफ्नो संन्जाल विस्तार गरिसकेका छन ।  

नेपालमा दलितहरुको संख्या एक तथ्याङ्कले कुल जनसंख्याको १३ प्रतिशत बताएको छ तर दलितहरुका सँस्थाहरुले २० प्रतिशत हुन सक्ने दावी गरेका छन । एक सवेक्षर्ण अनुसार ३० लाख दलित भएको बताईन्छ । नेपालमा छुवाछुत प्रथाको अन्त्य अझै भईसकेको छैन । उपल्लो जातिको छुवाछुतको शिकार हुने र मन्दिरमा पस्नबाट ३८ दशमलब ९ प्रतिशत दलितहरु अझै पनि बन्चित छन । नेपालमा दलितहरु खासगरेर दुई क्षेत्रमा विभाजित छन । मधेसी दलित र पहाडी दलित भनेर छुट्याईन गरिएको छ । मधेसी दलितमा डुम र मुसहर जाति सवै भन्दा विपन्न र दुरावस्थामा जिएको पाईन्छ । कुवेतमा भएको दलित भेलाले सवैसँग सहकार्य गर्ने र पिडित दुःखी दलितहरुको लागि साथ सहयोग पुरयाउने उद्देश्य लिएको संयोजक आश बहादुरले बताए । नब गठित संस्थको संयोजकमा आश बहादुर नेपाली, उपसंयोजक शिब विक र भूमा रसाईली, महासचिव जीवन सुनार, सचिव प्रदिप नेपाली, कोषाध्यक्ष कृष्ण सुनार, सह कोषाध्यक्ष कुमार परियार रहेका छन । 
 
यसरी नै सल्लाहकार सदस्यमा हितकाजी विक, रेशम विक, अनिल रसाईली,सन्तोस सुनार, राजु विक, कृष्ण बिक,पुरुश्तोम सुन्दास, राजेन्द्र विरही, र विजय कुमार नेपाली रहेका छन । यसरी नै सदयस्यहरुमा दिपक रसाईली,रमेश नेपाली, छवीराम विक, धन बहादुर सार्की, अर्जुन नेपाली , गुप्ता नेपाली, सरोज विक, दिल विक, डम्बर नेपाली , उमेश विक, गम बहादुर विक, विमला रसाईली, अर्जुन विक, मान बहादुर विक, लक्ष्मी परियार, मस्त विक, र अन्जान विक, गोपी नेपाली, जीत बहादुर नेपाली लगायत रहेका छन ।भेलाले छबीराम विकलाई जनसम्पर्क प्रमुख मा चयन गरेको छ । जीवन सुनारद्धारा संन्चालन गरिएको कार्यक्रममा स्वागत कृष्ण सुनारले गरेका थिए यसरी नै दलितहरुको आन्दोलनका विषयमा आश बहादुर नेपाली , छबीराम विक शिब बि. क. लगायत १५ भन्दा धेरैले आफ्ना रायहरु प्रस्तुत गरेका थिए ।
साभार :-nepalkuwait.com

No comments:

Post a Comment