दलित महिलालाई सार्वजनिकस्थलमै दुर्व्यवहार

धुर्कोट (गुल्मी), ९ असोज। धारो नछाडेको भन्दै गुल्मीको हस्तीचौरका दुई व्यक्तिले दलित महिलालाई सार्वजनिकस्थलमै दुर्व्यवहार गरेका छन्। 

हस्तिचौर–२ हिमालय उच्च मावि अगाडि रहेको धारामा कपडा धुँदै गरेकी मीना विकलाई सोही गाउँका मीनबहादुर कुँवर र छोरा रामबहादुरले दुर्व्यवहार गरेको आरोप पीडित मीनाको छ। 

मीनाले हिजो जिल्ला प्रहरी कार्यालय गुल्मीमा जातीय छुवाछूत तथा ज्यानमार्ने धम्की दिएको भन्दै उजुरी दिनुभएको छ। आरोपित बाबुछोराले भने आफूहरुले मीनालाई हातपात नगरेको जिकिर गर्नुभएको छ।

No comments:

Post a Comment