४ बर्ष अघि गैरदलितहरुबाट किन गोरु बनाईए दलितहरु ?

 म्याग्दीको घतानमा गैरदलितहरुबाट गोरु बनाईएको दलितहरु आफुहरुलाई दिईएको चेतावनी पत्र देखाउँदै । दलितले गोरु मारेपछि गैरदलितले कृष्ण दर्जी र बलबहादुर दर्जीतस्बिरको दुई छेउका लाई गोरु जस्तै गराएर बाँझो जमिन जोतेका थिए । तस्बिर सन्तोष गौतम म्याग्दी
म्याग्दी । धेरैलाई अनौठो लाग्न सक्छ मानिसलाई गोरु बनाएर जोतेको सुन्दा तर म्याग्दीको घतान गाबिस ८ कुवागैरामा गोरु मार्ने दलीतलाई गैरदलीत समुदायका सदस्यहरुले गोरु बनाएर यातना दिएका छन् । स्थानिय गैरदलितहरुले घतान ८ का लिला नेपाली बाबुराम दर्जी कृष्ण दर्जी र बलबहादुर दर्जीलाई कुटपीट पनि गरेका छन् । उनिहरुलाई गोरु मारेको दण्ड स्वरुप बुधबार गोरु जस्तै गरेर बाँझो जमिन जोत्न लगाईएको थियो ।मंगलबार बेलुकी मासुका खानका लागि दलीतहरुले स्थानिय पुर्णबहादुर दर्जीको बुढो गोरु मारेका थिए । गोरु मारेको थाहापाएपछि राती १ बजे गैरदलितहरु घरमै आएर कुटपीट गरेको लिलाले बताउनुभयो । स्थानिय चन्द्रे कार्कीको नेतृत्वमा आएको १५/२० जनाको समुहले निर्धात कुटपीट गरेको लिलाले जानकारी दिनुभयो । 

कृष्ण र बलबहादुरलाई बुधबार दिउँसो गोरु बनाई जोतीएको थियो । भुवानी प्राथमिक बिद्यालयमा भेला भएका गाउँलेले कृष्ण र बलबहादुरको काँघका जुवा राखी रसीले बाँधेर बाँझो जमिन जोत्न लगाएका हुन् । ¾खेत जोत्ने गोरु मार्दा कस्तो दुख हुन्छ थाहा पायौ भन्दै लौरो लौरोले पिटे कृष्णले शरीरको नीलदाम देखाउँदै बिहीबार बिहान भन्नुभयो शरिर दुखेर हिँडदुल र बोल्न पनि गाह््रो भएको छ । गोरु मारेको स्वीकार गरेपनि गैरदलीतहरुले आफुहरुको भनाईनै नसुनेको पिडीत बाबुरामले बताउनुभयो । उनीहरुलाई बुधबार दिनभर यातना दिईएको थियो । पिडीतहरुले गरिबीका कारण परम्परादेखिनै गाई गोरुको मासु खाँदै आएको बताएका छन् । 
गोरु मारेर गलत काम गरेकाले उनिहरुलाई यातना दिईएको सो ठाउँका पुर्वप्रधानपाच फौजबहादुर चोखालले बताउनुभयो । गल्ती गर्नेलाई दुई चार थप्पर लगाएर गल्तीको महशुस गर्न लगाएका हौ चोखालको भनाई छ । गैरदलीतले दलित समुदायमाथि अत्याचार र अन्याय गरेको दलीत उत्थान संघ घतानका अध्यक्ष गम्भीर दर्जीले बताउनुभयो । मानिसलाई गोरु बनाएर जोत्नु जस्तो चरम यातना सजाए होईन् गम्भिर अमानबीय ब्यवहार पनि हो । दर्जीले भन्नुभएको छ । घतानका गैरदलीतले आउँदो दिनमा गाई गोरु मारेमा सामाजिक बिहस्कार गर्ने कसैको घरमा काम गर्न नदिने सामुदायीक बन समुहको सदस्यबाट निश्काशन गर्ने चेतावनी दलीतहरुलाई दिएका छन् ।

साभार :-benionline.com.np 
* यो समाचार ४ बर्ष अघिको हो = adminhttps://www.facebook.com/DalitSolidaritynepal

No comments:

Post a Comment