बढे अन्तरजातीय वैवाहिक सम्बन्ध

दार्चुला,  सुदूरपश्चिममा अन्तरजातीय विवाह गर्ने क्रम बढेको छ । सरकारले प्रोत्साहनस्वरूप केही रकम दिन थालेपछि सुदूरपश्चिमका पहाडी जिल्लामा छुवाछुतमुक्त नभए पनि अन्तरजातीय विवाह गर्ने क्रम बढेको देखिन्छ ।दार्चुला जिल्ला भगवती गाविस–५ सुडाका गगनसिंह धामी र स्वही गाविसकी गीताकुमारी बैज्य, हरिष हुम्ले र टीका शाही दार्चुला खलङ्गा–४, खलङ्गा र यसैगरी दार्चुला
खलङ्गाका विक्रम ओखेडा र कपिलवस्तु जिल्ला जोगीतला–३ की चित्रकला रोक्का मगरका साथ अन्तरजातीय विवाह आव २०६९÷०७० मा भएको जानकारीसहित प्रोत्साहनस्वरूप भत्ताका लागि निवेदन आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
यसैगरी बैतडी जिल्लाका कुवाकोट गाविसका नरेन्द्र पार्की र कालीकोट जिल्ला फुकोर गाविसकी मीना विष्टले आव २०६९÷०७० मा अन्तरजातीय विवाह भएको एकमात्र आधिकारिक जानकारी आएको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ ।यसैगरी डडेल्धुरा जिल्ला अमरगढी–५ निवासी प्रेम सिजापती (सुनार) का माहिला छोरा २० वर्षीय विजय सिजापती र डोटी जिल्ला मुरभडाँ गाविस उच्चकोट घर भएकी १८ वर्षीया सिमा पन्तका साथ असार पहिलो साता अन्तरजातीय विवाह भएको छ ।
डडेल्धुरा जिल्ला अमरगडी नगरपालिका–६ का राजेन्द्र ताम्राकार र कञ्चनपुर जिल्लाकी शोभा चौधरीका सोही ठाउँका वीरेन्द्र ताम्राकार र झापा जिल्ला विर्तामोडकी कमला थापाका साथ आव २०६९÷०७० मा अन्तरजातीय विवाह भएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ । सुदूरपश्चिमका सयाँै अन्तरजातीय विवाह गरेका जोडी घरपरिवार र समाजबाट पनि उत्साहभन्दा पनि घृणा सहेर बस्नुपरेको दार्चुला जिल्ला भगवती गाविस–५ सुडाका गगनसिंह धामीले राष्टिय समाचार समिति (रासस)सँग बताए

No comments:

Post a Comment