काठमाडौं÷२१, मङ्सिर, हिंसापीडित दलित महिलाले न्यायका लागि प्रहरीमा जाँदा पनि आफूहरुको सुनुवाई नभएको भन्दै आक्रोश पोखेका छन् । दलित महिला संघद्वारा आयोजित ‘दलित महिलामाथि हुने हिंसाविरुद्ध सार्वजनिक सुनुवाई’ मा आफ्नो पीडा पोख्दै विभिन्न प्रकारका हिंसाबाट पीडित महिलाले आफूहरु घरभित्रैको हिंसाबाट पीडित बनेको बताएका छन् । काभ्रेपलाञ्चोक होक्से –३, शिखरपुरकी ३६ वर्षीया सुनिता परियारले आफूलाई श्रीमान रूविन परियारले मरणासन्न हुनेगरी कुटेपछि गत मङ्सर १३ गतेदेखि पनौती– ११ मा रहेको माइती घरमा बस्न थालेको बताएकी छन् ।
भक्तपुर सुवर्णेश्वरीकी ३९ वर्षीया नानु मगरातीको व्यथा पनि उस्तै छ । उनका श्रीमान असोक मगराती दिनहुँजसो रक्सि खाएर घर आउने र उनलाई कुटपिट गर्ने गरेको उनले बताइन् । घरमा हुने सधैको घरझगडाका जसका कारण उनको छोरा कुलतमा फस्दा घर व्यवहार नै तहसनहस हुन लागेको छ ।महिला हिंसाको शिकार भएकी छिन् काठमाडौं शान्तिनगर, खरिबोटकी २४ वर्षीया बिना मगराती दलितसँग विवाह गरेकै कारण तीन वर्षदेखि माइती जान पाएकी छैनन् । उनी माइत जान नपाउनुको कारण नेपाल थरकी बाहुनकी छोरी भएर सार्कीसँग विवाह गर्नु
हो । कञ्चनपुरको भीमदत्त नगरपालिका –९ का दशरथराम ओडसंग २०६१ मा विवाह गरेकी दैलेख नारायण नगरपालिका –९ की गीता परियार श्रीमानले हेला हिंसा गरेपछि छोरीको पालनपोषणका लागि सङ्घर्ष गर्दै आएकी छिन् । उनका श्रीमान दशरथराम ओड भर्खरै सरकारी सेवामा शाखा अधिकृतको जागिरमा प्रवेश गरेका छन् ।
‘घर शान्ति नै विश्व शान्तिको आधार ः महिला हिसां अन्त्यका लागि सैनिकीकरणको अन्त्य’ भन्ने नाराका साथ महिला हिंसा विरूद्धको १६ दिने अभियान चलाइरहँदा पनि दलित महिला घरेलु हिंसामा परिरहेका छन् । त्यसैका विरुद्धमा दलित महिला ुंघले बुक्रबार सार्वजनिक सुनुवाई गरेको थियो । कार्यक्रममा प्रहरी महिला सेलकी प्रतिनिधी देवी पाण्डेले दैनिक सरदर १० देखि १५ वटासम्म महिला हिंसा विरुद्ध उजुरी दर्ता हुने र महिनामा यो सङ्ख्या १ सय नाघ्ने गरेको बताइन् । पाण्डेले ती मध्ये ६० देखि ७० वटा घटना मिलापत्रमै टुङ्गिने गरेको उनले बताइन् । कार्यक्रममा दलित महिला संघकी अध्यक्ष दुर्गा सोबले महिला हिंसाभित्र पनि दलित महिला अत्यन्तै पीडित भइरहेको भन्दै राज्य र सम्बन्धित सरोकारवाला निकायको प्राथमिकतामा दलित महिला नपरेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले दलित महिला संघ लामो समयदेखि दलित महिलाको हकहित र अधिकार प्राप्तिका लागि लडिरहेकाले महिला हिंसा विरुद्धको अभियानमा अन्य संघसंस्थाको सहकार्यमा पीडित दलित महिलालाई निशूल्क कानुनी उपचार लगायतका विषयमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
ओरेक नेपालले गरेको सर्बेक्षणअनुसार नेपालमा यो वर्ष १७०३ वटा महिला हिंसाका घटना भएका छन् । जसमध्ये १०४० वटा घटना त घरेलु हिंसाका छन् । ती मध्ये पनि अधिकांस श्रीमान र परिवारका अन्य सदस्यहरूबाट मानसिक तथा शारीरिक हिंसा र यातनाबाट पीडित भएको पाइएको छ । यो तथ्याङक अघिल्लो बर्षको तुलनामा निकै बढी हो । गत वर्ष महिला हिंसाका घटनाको तथ्याङक १,५८१ रहेको थियो । त्यसमा पनि दलित महिला नै बढी प्रताडित भएका छन् ।
No comments:
Post a Comment