दलित महिला संघले चार गाविसमा कार्यक्रम सञ्चालन गर्ने - बसन्त बिस्वकर्मा

बाजुरा-दलित महिला संघ बाजुराले जिल्लाका चार वटा गाविसमा दलित तथा अन्य सिमान्त कृत महिलाहरुको पहुँच वृद्धिका लागि सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । दलित महिलाहरुको अधिकार संरक्षण गरी जातिय विभेद अन्त्य गर्ने लक्ष्यका साथ दलित महिला संघले पहुँच अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने भएको हो । कार्यक्रम जिल्लाका मार्तडी, जुगाडा, मानाकोट र बुढीगंगा गाविसमा कार्यक्रम सञ्चालन गरिने संघले आज जिल्ला स्तरीय गोष्ठीको आयोजना गरी जानकारी गराएको छ । 

दलित महिला संघ बाजुराले आज जिल्ला विकास समितिको समीक्षालयहलमा सरोकारवाला निकायसँग समन्वय गोष्ठीको आयोजना गरी कार्यक्रमको लक्ष्य, उद्देश्य र कार्यक्रमका बारेमा जानकारी गराएको छ । सार्वजनिक सेवामा दलित तथा सिमान्तकृत महिलाहरुको पहुँच अभिवृद्धि कार्यक्रमले चारवटा गाविसमा सरकारी कार्यालयले दिने सेवाका बारेमा जानकारी दिई लक्षित समुदाय दलित महिलाहरुको पहुँच वृद्धिका लागि गर्न सकिने पहलका बारेमा जानकारी गराइने संघका कार्यक्रम संयोजक विनोद कुमार विकले जानकारी दिनु भएको छ ।
मे १ तारिखबाट सुरु भएको कार्यक्रम डिसेम्बरसम्म सञ्चालन हुने कार्यक्रम अन्तरगत दलित अधिकार संरक्षणका लागि दबाब समुह गठन समुह परिचालय सरोकारवाला र लक्षित वर्गबीच अन्तरक्रिया दलित महिलाहरुको सवालका बारेमा रेडियो कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रम अघिल्लोरुले राज्यले दिने सेवा सुविधाका बारेमा समे वर्ष जिल्लाका दुईवटा गाविसमा सञ्चालन गरिएको थियो । जिल्लाको अधिकांश गाउँ बस्तीका दलित तथा सिमान्तकृत महिलाह त जानकारी नपाएकोले त्यस विषयमा सचेत गराउँन कार्यक्रम सञ्चालन गरिएको संघका अध्यक्ष शान्ति देवी ध्वजालीले बताउनु भएको छ । अध्यक्ष ध्वजालीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा सहभागिहरुले दलित महिलाहरुको जीवन स्तर सुधारका लागि आयआर्जन मुलक कार्यक्रम सञ्चालनका लागि पहल गर्न सुझाव दिएका छन् ।
उनीहरुले दलित महिलाहरु आत्म निर्भर बन्नसके मात्र उनीहरुले हरेक प्रकारका हिंसा, पीडा र समस्या भोग्नु नपर्ने भइएकोले आत्म निर्भरका कार्यक्रम सञ्चलन गर्न आग्रह गरेका छन् । कार्यक्रममा शुभकामना मन्तव्य दिदै जयवीर कटेलले अधिकारका क्षेत्रमा कार्यरत गै सरकारी निकायले गुणात्मक उपलब्धीका लागि ध्यान दिनु पर्नेमा जोड दिनु भएको छ । त्यसैगरी कार्यक्रममा बोल्दै दलित अधिकार कर्मी टिका विकले दलित समुदायको आन्दोलनलाई सफल पार्न सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भएको छ ।
कार्यक्रमको ठुलो रकम रेडियो कार्यक्रमका लागि मात्र भन्ने प्रसगं प्रति संक तगर्दै विकले सञ्चार क्षेत्र आन्दोलनको सारथी भएकोले जातिय विभेदको अन्त्य गर्नमा सहयोग गर्न पत्रकारलाई आग्रह गर्नु भएको छ । संघका कार्यक्रम संयोजक विनोद विकले सञ्चालन गर्ने भएको कार्यक्रममा सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधि, दलका प्रतिनिधि, लक्षित वर्ग लगाएत ४० बढीको सहभागिता रहेको थियो । कार्यक्रम विश्व बैंक तथा सेसीको आर्थिक सहयोगमा सञ्चालन हुने भएको छ ।
साभार :-जागरण मिडिया

No comments:

Post a Comment