'दलित नेतालाई ' एमाओवादीमा ९, एमालेमा ६, काँग्रेसमा शुन्य टिकट

काठमाडौं, असोज १९ – आगामी मङ्सिर ४ गते हुन गइरहेको संविधानसभाको निर्वाचनमा दलित नेतालाई टिकट नदिएको भन्दै सरोकारीत पक्षले असन्तुष्टि व्यक्त गरेका छन् ।
आज राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय दलित आयोगकी अध्यक्ष सुशीला श्रीपाइलीले सबैभन्दा ठूलो पार्टी एकीकृत नेकपा माओवादीले प्रत्यक्षमा जम्मा ९ जनालाई र नेकपा एमालेले ६ जनालाई मात्र टिकट दिएको भन्दै असन्तुष्टी जनाइन् । नेपाली काँग्रेसले त एक जनालाई पनि टिकट नदिएको भन्दै उनले गुनासो गरिन् ।
दलित गैरसरकारी संस्था महासङ्घका अध्यक्ष गजाधर सुनारले छुवाछूतको सवालमा नेपालमा थुप्रै कानुन हुँदाहुँदै कार्यान्वयन हुन नसक्दा छुवाछूतका घटनाले तीव्र रुप लिँदै गएको टिप्पणी गरे ।

No comments:

Post a Comment