मानव समाजको स्थापना कालदेखि आजसम्मको इतिहास पल्टाउने हो भने करिब ४ हजार
वर्ष अघिसम्म कुनैपनि प्रकारको जातीय भेदभाव थिएन । जातपात
, छुवाछुत
र भेदभावको विकास भारतमा वैदिक सभ्यतादेखि भएको पाइन्छ । यद्यपि
जातपात र छुवाछुतको विकास नभएकाले ऋग्वेदिक कालको शुरुमा भेदभाव भएको
पाइदैन ।
तर ऋग्वेदिक कालको अन्त्यतिर श्रमको आधारमा समाजलाई ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी चार वर्णमा विभाजन गरियो । यी ४ वर्णमध्ये ब्राम्हणको काम अध्ययन, चिन्तनमनन् र कर्मकाण्ड गर्ने, क्षेत्रीको काम सैनिक र शासकीय जिम्मेवारी निर्वाह गर्ने, वैश्यको काम पशुपालन, खेतीपाती र बन्द व्यापार गर्ने र शुद्रको काम कठीन श्रम, शिल्पकारी र सेवा गर्ने गरी श्रम विभाजन भएको थियो ।
नेपालमा दलितहरुको जन्म ः
भारतमा मुसलमानहरुको आक्रमणमा टिक्न नसकी नेपाल छिरेका हिन्दुहरु
(तत्कालीन लिच्छवीहरु) ले किरात राजा गस्तीलाई हराई आफ्नो पहिलो सत्ता इ.स.
११० मा कायम गरे । यिनै लिच्छवी राजाहरुले नेपालमा वर्ण व्यवस्था लागू गरे
। नेपालमा सर्वप्रथम हिन्दु वर्ण व्यवस्था लागू गर्ने राजा सुपुष्प थिए ।
उनले ४ वर्ण १८ जातमा विभाजन गरेका थिए । वर्ण व्यवस्था अनुसार पेशा र जात
अनुसारको खानपिन, रहनसहन
हुनु पर्ने नीति नियम यिनैले बनाए । जातीय मयार्दा पालना नगरेमा कडा दण्ड
सजायको भागीदार हुने प्रचलन बसालियो । कुनै पनि अर्को जातिमा विहेवारी गर्न
मनाही गरियो । शुद्रले सुन र चाँदीको गहना लगाउन नपाइने कानुन बन्यो ।
भारतबाट आएका लिच्छवीहरुले भारतकै मनुस्मृतिको आधारमा वर्ण व्यवस्था लागू
गरे । यसरी नेपालमा दलितहरुको जन्म गराइएको देखिन्छ ।
किरात शासनकालमा जातीय छुवाछुत प्रथाको शुरुवात भएको थिएन । किनकी
त्यतिबेला जातपातको आधारमा कामको बाँडफाँड भइसकेको थिएन । त्यसैले
किरातीहरुले आफैं जुत्ता तथा लुगा सिलाउँथे ।
छुवाछुत प्रथाको विकास ः
लिच्छवीपछि मल्लकाल आयो । मल्लकालमा जाति प्रथाले चरम रुप लियो । सन् १२८०
मा जयस्थिति मल्लले छिन्न भिन्न हुनै लागिसकेको वर्ण व्यवस्थालाई फेरि
पुनर्गठन गरेर वर्ण व्यवस्थालाई मजबुत पारे । उनले नेपाल उपत्यकाका
नेवारहरुलाई ४ वर्ण र ६४ जातमा विभाजन गरेको इतिहास छ ।
जसअनुसार नेवारहरु मध्ये आचार्य, बैद्य, श्रेष्ठ र दैवक्षलाई माथिल्लो जातमा राखियो भने पोडे, चर्मकार आदिलाई पानी नचल्ने जातमा राखियो । यी सबै जातिले आ—आफ्नो जात अनुसार काम गर्नु पर्ने नियम बनाइयो । पोडेहरुले टोपी, जुत्ता र सुनका गहना लगाउन नपाउने गरियो । कसाइले बाहुला भएको दौरा सुरुवाल लगाउन नपाउने गरियो । साथै पोडे, कसाइ
तथा कुलुहरुले झिंगटीले छाएको घर बनाउन नपाइने गरियो । समाजमा जातीय
विभाजनसँगसँगैै वर्ण विभाजन पनि गरियो । प्रत्येक वर्ण र जातिको भोजन, बसोबास, जन्म, विवाह
र मृत्युको संस्कार पनि अलग अलग बसालियो । तल्ला जातले माथिल्ला मानिएका
जातलाई सम्मान गर्नुपर्ने भयो । पेशा छोडे अपराधी र वर्ण उलंङ्घन गरे जात
खसालेर चण्डाल बनाउने जस्ता कडा कानुनी उर्दी जारी भयो ।
यही प्रथाको नक्कल गोरखाका राजा राम शाहले (सन् १६०६—१६३३)
ले पनि गरे । जसअनुसार ४ वर्ण ३६ जातको राज्य व्यवस्था चलाउन पुगे र उनकै
छोरा पृथ्वीनारायण शाहले उपत्यका कव्जा गरेपछि नेपाली समाजलाई हिन्दु वर्ण
व्यवस्थामा ढाल्ने काम गरे । उनले भारतमा मुसलमानको आक्रमण हुँदा नेपाल
छिरेका कथित विद्धान नारायण अर्याल र गणेश पाण्डेको सल्लाहमा आर्य संस्कृति
जवरजस्ती लाद्न थालेको कुरा इतिहासविद्हरु बताउँछन् ।
त्यसपछि पृथ्वीनारायण शाहले मन परेकालाई माथिल्लो जातमा उकाल्ने र मन
नपरेकालाई जात खसाल्नेसम्मको काम गरेका थिए । यसको साथै जातीय भेदभाव नभएको
किरात समुदायमा समेत जवरजस्ती जातीय छुवाछुत प्रथा भित्र्याउने काम गरे ।
१९१० मा राणाहरुले बनाएको मुलुकी ऐनले जातीय भेदभावलाई कानुनी रुपमा मान्यता दिने र जाति प्रथालाई संस्थागत गर्ने काम ग¥यो । त्यस ऐनमा नेपाली समाजलाई तागाधारी, खस, मतवाली, पानी
चल्ने शुद्र र पानी नचल्ने शुद्र गरी ५ जातीय समूहमा विभाजन गरियो । पानी
नचल्ने शुद्रमा पनि छोइछिटो हाल्नु पर्ने र छिटो हाल्नु नपर्ने गरी २ भागमा
बाँडियो । जस अनुसार मुसलमान, तेली, कसाइ, कुसुले, धोबी, म्लेच्छलाई छोइछिटो हाल्नु नपर्ने र छोइछिटो हाल्नु पर्नेमा सार्की, कामी, सुनार, चुनारा, दमाई, गाइने, वादी, च्यामे र पोडेलाई राखियो ।
जनताले तल्लो जातको केटीसित विहे गरे तल्लो जातमा झार्ने र पानी नचल्ने
केटीसित विहे गरे राज्यले सर्वस्वहरण गरी तल्लो जातमा पतन गर्नेसम्मको कडा
कानुनी व्यवस्था थियो । तर शाषक राणाहरुलाई भने मनपरी थियो । यसको केही
उदाहरण लिन सकिन्छ कि जंगबहादुर राणाले झापा घुम्न जाँदा एक मेचेकी छोरीलाई
मन पराएपछि मेचेलाई “चौधरी” पदवी
दिएर मेचेकी छोरीलाई विवाह गरे । त्यस्तै राणा शाषक चन्द्र शमशेरले आफ्नै
ज्वाईं जयपृथ्वीवहादुर सिंहलाई जाति च्यूत गरेका थिए । यस्तै धार्मिक
कर्मकाण्ड तथा जातीय भेदभावको विरोध गरे वापत माधवराज जोशीलाई पनि जाति
च्यूत गरिएको थियो । यसैगरी जुद्ध शमशेरले राणा शासनको विरोध गरे वापत
टंकप्रसाद आचार्य र रामहरी शर्मालाई चारपाटा मुडेर सुंगुुरको पाठा बोकाई
शहर घुमाएर जाति च्यूत गरेका थिए ।
जातीय छुवाछुतको पीडा
नेपालको इतिहासको विभिन्न कालखण्डमा दलितहरुको विभिन्न पीडाहरु मध्ये
प्रमुख पीडा छुवाछुतमा भेदभाव हुनु हो । आरनमा बस्ने कामी होस् कि जुत्ता
सिलाउने सार्की होस् वा राष्ट्रिय पोशाक सिलाउने दर्जी होस् वा सिङ्गो
समाजलार्य मनोरञ्जन दिलाउने वादी वा गन्र्धव होस्, उनीहरुले
कडा परिश्रम गर्छन तर कथित बाहुनवादी समाजले सही आँखाले मुल्याङ्कन गरेकै
छैन । त्यसैले जल्दा बल्दा युवा गायक यसकुमारले गाएको “मैले छोएको पानी चल्दैन” वा चर्चित लोक गायक राजु परियारले गाएको “सुन पानीले छर्क मायालु” होस वा जनवादी कलाकारहरुले गाएको श्रम चल्छ शीप चल्छ पानी किन चल्दैन ? भन्ने
गीतबाट कथित बाहुनवादी समाजलाई प्रश्न गरेका छन् । वास्तवमा दलितहरुको
पीडा उक्त गीतहरुले उजागर गरेको छ । यो एक्काइसौं शताब्दीमा सर्पले सर्पको
खुट्टा देख्छ भने झैं दलितहरुले आफ्नो खास उत्पीडनको विवरणहरु सार्वजनिक
गरेका छन् । जस अनुसार उनीहरु आफ्ना सवै प्रकारका उत्पीडनवाट मुक्तिको
वि.सं. २००४ देखि असंगठित रुपमा सर्वजीत वि.क.ले दलितहरुको वेद पढ्न
पाउनुपर्छ भनी गरेको आन्दोलन होस् वा पछिल्लो समयमा संविधान सभामा नयाँ
वन्ने संविधानमा दलितहरुका लागि अधिकार लिपिवद्ध गर्न सभासद विश्वेन्द्र
पासवानले कुर्सी भाँची दिएको संगठित चुनौती होस् सवैले मूर्तरुप पाउन
सकिरहेको अवस्था छैन ।
यिनै छुवाछुत तथा भेदभावको अन्त्यका लागि १३ सय दलितहरुले १० वर्षे
जनयुद्ध कालमा आफ्नो उच्चबलिदानी दिई सकेका छन् भने १९ दिने जनआन्दोलनमा
समेत दलित समुदायले अन्य समुदायको भन्दा उच्च सहादत गरेका छन् । अझै जातीय
छुवाछुत तथा विभेदको अन्त्यको निम्ति कुनै पनि मूल्य चुकाउन हामी दलित
समुदायहरु लामवद्ध हुनेछौं ।
source:everesttimes
No comments:
Post a Comment