आगलागीले सप्तरीको दलित बस्ती सखाप(गाउँ बन्यो खरानी)

आगलागीले सप्तरीको दलित बस्ती सखाप(गाउँ बन्यो खरानी)शनिबार दिउँसो भएको भीषण आगलागीबाट सप्तरीको रायपुर गाविसस्थित दलित बस्ती सखाप भएको छ ।आगलागीबाट ४ दर्जन भन्दा बढी घर नष्ट भएको छ । रायपुर गाविस-९ स्थित झुतरी देवी सदाको भान्सा कोठाबाट सल्केको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर ४ दर्जन बढी घर जलेर नष्ट भएको श्रीकृष्ण दल गणका गणपति राजेन्द्र मणी गिरीले बताउनुभयो ।आगलागीबाट ३५ लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो लागेको खबर पाउनासाथ राजविराजस्थित श्री कृष्ण दल गणका गणपति गिरीको नेतृत्वमा १ सय भन्दा बढी नेपाली सेनाको टोली घटना स्थल पुगेर आगो नियन्त्रणको लागि काम थालेको थियो । {old news }

No comments:

Post a Comment