नेपालमा दलितहरु माथिको भेदभाव हजारै वर्ष देखि हुदै आएको छ । यो हजारै वर्षको अन्तरालमा समाजले, विश्वले धेरै प्रगती गरी सकेको छ । दास युुगमा रहेको झण्डै चार हजार वर्ष अगाडिको विश्व आज विश्वासनै गर्न नसकिने गरि चमात्कारिक पूजीवादको अभ्यास गरिरहेको छ । विज्ञानको चरम विकासले समाजको परम्परागत् व्याख्या लाई पुर्णरुपमा विस्थापित गरि सकेको छ र यो विचमा संसारमा धेरै परिवर्तन भैसकेका छन । तर त्यही झण्डै चार हजार वर्ष अगाडी हाम्रो समाजमा हिन्दूु धर्मको विकास संगै शुरु
भएको छुवाछूत , जातीय भेदभाव, र उच्च निच्चता अहिले पनि जस्ताका त्यस्तै जरा गाडेर बसेको छ । संसारले यति धेरै प्रगती गरी सक्दा पनि हाम्रो समाज अझै त्यो अमानविय र जंगली रुढिवादबाट बाहिर आउन सकेको छैन । विज्ञान र विचारले यत्रो विकास गरिरहदा हाम्रो देशमा अहिले पनि दिनहु दलित भएकै कारण लाखौ जनताहरुले अपमान र घृणाको शिकार भैरहनु परेको छ ।
नेपालमा दलितहरुमाथि सामाजिक, आर्थिक, धार्मिक, सास्कृतिक र राजनैतिक गरी सवै प्रकारका शोषण र उत्पीडन्बाट थिचिएको छ । समयले धेरै कोल्टे फरि सकेको छ । अढाई सय वर्ष पुरानो राजसंस्था जरै देखि उखेले र फ्याकिसकिएको छ । परम्परागत हिन्दु अधिराज्य नेपाललाई संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल र धर्म निरपेक्ष राष्ट्र नेपालले विस्थापित गरिसकेको छ । तर पनि यि सवै परिवर्तनहरुले नेपालका चालिसौ लाख उत्पीडित दलित समुदायहरुलाई कुनै राहत दिन सकेको छैन । मुलुकले यति ठूलो परिवर्तन हासिल गरिसक्दा पनि दिनहु पानी, धारा छोइएको निहूमा कुटिनु , दलित भएकै कारण समाजबाट बहिस्कृत हुनु, अपमानित हुनु,शिक्षा बाट वन्चित हुनु, चरम गरिबीमा जिवन विताउनु , मरेका सिनो फ्याकन लगाउनु , कठोर शारीरिक श्रम गर्न लगाईनु, वोक्सीको आरोप लगाएर दलित महिला तथा वृद्धहरुलाई मलमुत्र ख्वाईनु गाउ निकाला गरिनु , मन्दिर तथा धार्मिक कृयाकलापमा दलितहरु लाई बन्देज लगाईनु , दलितहरु संगको प्रेम तथा विवाह लाई अस्वीकार गर्नु , अन्तरजातीय विवाह गर्ने जोडि लाई शारिरीक र मानसिक यातना दिनु र हत्या सम्म गराइनु दलितका लागि नियतिनै बनिसकेको छ । यि र यस्तै दलितहरुमाथि हुने दानविय व्यावहारहरुका कारण अहिले सम्म हामिले प्राप्त गरेका सबै उपल्वधीहरु अर्थहिन र महत्वहीन भैसकेका छन । हामिले प्राप्त गरेको लोकतन्त्र र स्वतन्त्रताले त्यती वेला सम्म सार्थकता पाउन सक्दैन जति वेला सम्म हाम्रो समाजमा रहेको यस्ता कुुरितीहरु लाई जरै बाट उखेलेर फ्याँक्न सकिदैन । जातीय छुवाछूतका कारण र ईतिहासलाई केलाएर हेर्ने हो भने यो वैज्ञानिकता भन्दा पनि शुरुमा श्रम विभाजन र पछि समाजका परजीवी प्रवृतिका ठेगदारहरु बाट शोषकी र दासत्व मानसिकताले यसको विकास र संचालन गरेको पाईन्छ । प्रारम्भमा श्रमको सम्मान पूर्ण विभाजनका रुपमा आएको र क्षमता अनुुसारको श्रम गर्ने छुट पनि भएको पाइन्छ । एउटै परिवारमा पनि श्रम अनुुसार विभिन्न वर्णहरु भएको उल्लेख ईतिहास र धर्म शास्त्रहरुमा भएको पाईन्छ । प्रारम्भमा सामाजलाई व्यस्थीत गर्न कामका आधारमा सकारात्मक सोचका साथ शुुरुभएको वर्ण विभाजन नै पछि घिनलाग्दो जाति प्रथा, छुवाछूतमा परिणत भएको पाईन्छ । आफु पछि आफ्नो सन्तान र दर सन्तान सबैले आफु जस्तै सता र श्रोतमा हालिमुुहालि गर्न पाउन भन्ने एकदमै शोषकी विचारबाट यसको विकास भएको पाईन्छ । हिन्दु धर्मको विकास संग संगै स्वर्ग, नर्क, भाग्य, जन्म, ईश्वर, धर्म, मुतिm जस्ता आकास पतालका काल्पनिक कुराहरु बनाएर र ति कुुरा हरुलाई धर्म संग जोडेर, पूूर्व जन्मको कर्म संग जो
डेर लाखौ लाख सोझा सिधा जनताहरु लाई कहिल्यै माथि उठन नसक्ने गरि कुुल , जन्म र जातित्वको जंजिरले वाधिएको जहाँ विभेद हुुन्छ त्यहा विरोध हुुनुु विद्रोह हुुनु स्वाभाविक हो । नेपालमा पनि यो कुुप्रथाको विरुद्ध शुरु देखिनै विभिन्न व्यातिmहरुबाट समय समयमा आवाजहरु उठेका छन । स्यमं दलितहरु संगठित रुपमा यो विभेदका विरुद्ध अगाडि आएको छ दशक् भन्दा बढि भै सकेको छ । यो विचमा नेपाली दलित आनदोलनले हजारौ नेता र लाखौ कार्यकर्ता पाइसकेको छ । शुरुमा निरपेक्ष जातीय विभेदका विरुद्ध संगठित दलितहरु अहिले विभिन्न राजनितीक संगठन र गैर सरकारी संस्थाहरु मार्फत आवाज उठाई रहेका छन । छ दशक लामो यो आन्दोलनले दलितहरुको चेतनामा उल्लेख्नीय प्रगती गर्न सके पनि दलितमाथि हुने विभेदको अन्त गर्न सकेको छैन । दलित आन्दोलनले यति लामो इतिहास बोकेर पनि सामाजिक व्याहारमा महत्वपूर्ण परिवर्तन ल्याउन नसक्नुको मुख्य कारण यो समस्यालाइ केवल दलितहरुको मात्रै समस्याको रुपमा लिइनुनै हो ।
नेपालमा दलित समस्याको दीर्घकालिन सामाधान खोजिरहदा यस समस्या संग सम्वन्धीत ईतिहास, यसका कारणहरु र यस समस्या संग सम्वन्धीत सबै पक्षहरुका बारेमा सुक्ष्म अध्यन गरी विश्लेशन गरिनु पर्ने हुन्छ । कुनै पनि सम्स्या समस्याको रुपमा रहन स्पस्ट रुपमा दुई विरोधीपक्षहरुको उपस्थीती हुन अनिवार्य हुन्छ । दलित समस्याका पनि प्रत्यक्ष रुपमा दुईवटा पक्षहरुको उपस्थीती देखिन्छ । एउटा पिडक्पक्ष र अर्को प्रताडितपक्ष । पिडक पक्ष भन्ने बितिकै स्वाभाविक रुपमा ति सबै समुदाय, जाति,व्यातिm,वर्गहरु पर्दछन जसले निकृष्ट जातीय उच्च निच्चतामा आधारित रुढिवादी सोच राख्दछ । अनि प्रताडितपक्षमा ति सबै जाति, वगर्् समुदाय पर्दछन जसलाई जातीयताकै कारण विभेदको शिकार बनाइएको हुुन्छ । जसरी समस्या उत्पन्न हुन दुइ पक्षहरुको उपस्थीती अनिवार्य हुन्छ त्यसरीनै समस्या सामाधानका लागि पनि दुवै पक्षहरुको सममmदारी र हातेमालोको त्यतीनै आवश्यक् हुन्छ । नेपाली दलित आन्दोलनको सबै भन्दा कमजोर पक्ष भनेकै यहि हो कि अहिले सम्म दलित समस्यालाई केवल दलितहरुको मात्र समस्या हो भनेर बुझिनु हो । जबकी यो समस्या केबल दलितहरुको मात्र नभएर हाम्रो देशको अनि सम्रग समाजको समस्या हो । वास्तवमा देश बिकासका लागि आमजनताहरुमा एकताको खाँचो हुुन्छ । अनि एकताका लागि विश्वास अनि विश्वासका लागि एक अर्काको आत्म–सम्मान को जरुरी हुुन्छ ।
वास्तवमा छुवाछूतका कारण जसरी बयसले के दलित, के गैरदलित, सम्रग समाज, देशको भाईचारा, एकता र विकासमा वाधक बनेर तेर्सिएको छ । जातीय विभेद र छुवाछूत जस्ता कुरितीका विरुद्ध अब सम्रग मुलुक एक ढिक्का भएर अगाडी आउन अत्यावश्यक भैसकेको छ । लामो समयको विभेदका कारण नेपालका दलितहरुको सामाजिक, आर्थिक, र राजनैतिक उपस्थीतीको अवस्था एकदमै दयनिय वनेको छ । तिनलाई सम्वोधन गर्न राज्यले आरक्षण, समावेशीकरण र विशेष आर्थिक उन्नती र पहुचका कार्यक्रमहरु ल्याउन जरुरी छ । छुवाछूका विरुद्ध कडा कानुनी उपचार सहित राज्यले विषेश निगरानी राख्ने व्यस्था हुनु पर्दछ ।
No comments:
Post a Comment