•प्रत्यक्ष विभेद
(बानी, व्यवहार र विश्वास)
•अप्रत्यक्ष विभेद
(देख्दा तटस्थ देखिए पनि कुनै खास समुदायहरूप्रति नकारात्मक प्रभाव
पार्ने नियम र प्रचलनहरू)
अन्तर्राष्ट्रिय मानवअधिकार कानुनअन्तर्गत समानता र अविभेद
राष्ट्रसङ्घीय बडापत्र (१९४५)
आर्थिक, सामाजिक, सांस्कृतिक वा मानवीय विशेषाताको अन्तर्राष्ट्रिय
समस्या समाधान गर्नमा तथा जात, लिङ्ग, भाषा वा धर्मको भेद नगरी सबैका लागि मानवअधिकार र
मौलिक स्वतन्त्रताको सम्मान प्रवर्द्धन र प्रोत्साहन गर्नमा अन्तर्राष्ट्रिय सहयोग
हासिल गर्न।
राष्ट्रसङ्घीय बडापत्र धारा १ (३)
मानवअधिकारको विश्वव्यापी
घोषणापत्र (१९४८)
धारा १
“सबै मानिसहरू जन्मजात स्वतन्त्र हुन्छन् र मर्यादा र अधिकारमा समान
हुन्छन्……”
धारा २
प्रत्येक व्यक्ति जाति, रङ्ग, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य विचार, राष्ट्रिय वा अन्य उत्पत्ति, सम्पत्ति, जन्म वा अन्य कुनै पनि हैसियतका कारण हुने कुनै
पनि प्रकारको भेदविना यस घोषणापत्रमा उल्लिखित सबै अधिकार र स्वतन्त्रताको हकदार
हुन्छ।
धारा ४
कसैलाई पनि दासत्वमा वा बँधुवा बनाई राखिनेछैन; दासत्व र दास व्यापारलाई सबै स्वरूपमा निषेध
गरिनेछ।
नागरिक तथा राजनीतिक
अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि (१९६६)
धारा २६:
सबै व्यक्तिहरू कानुनका दृष्टिमा समान छन् र कुनै विभेदविना कानुनको
समान संरक्षणका हकदार छन्। यस सम्बन्धमा कानुनले कुनै पनि विभेदलाई निषेध गर्नेछ र सबै व्यक्तिलाई जाति, वर्ण, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य विचार, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, जन्म वा अन्य हैसियतका आधारमा हुने कुनै पनि
विभेदविरुद्ध समान र प्रभावकारी संरक्षणको प्रत्याभूति दिनेछ।
आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी
अन्तर्राष्ट्रिय अभिसन्धि
•धारा २ (२): यस अभिसन्धिका पक्षराष्ट्रहरू
यस अभिसन्धिमा उल्लिखित अधिकारहरू जाति, वर्ण, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य
विचार, राष्ट्रिय वा सामाजिक उत्पत्ति, सम्पत्ति, जन्म वा अन्य
हैसियतका आधारमा कुनै प्रकारको विभेदविना उपभोग गरिने कुराको प्रत्याभूति दिने
प्रतिज्ञा गर्छन्।
•धारा ३: आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरूको
उपभोग गर्ने पुरुष तथा महिलाको समान अधिकार सुनिश्चित गर्ने।
• धारा ७ (३) भन्छ “प्रत्येकलाई रोजगारी र पदोन्नतिको समान अधिकार”
सबै प्रकारका जातीय विभेद
उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (1965)
धारा १:
यस महासन्धिमा “जातीय
विभेद” भन्नाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक वा सार्वजनिक जीवनका वा अन्य कुनै
क्षेत्रमा समानताका आधारमा मानवअधिकार तथा आधारभूत स्वतन्त्रताहरूको मान्यता, उपयोग वा व्यवहार, निषेध वा कमजोर पार्ने उद्देश्य भएको जाति, वर्ण, वंश वा राष्ट्रिय वा जातीय उत्पत्तिमा आधारित
कुनै पनि विभेद, बहिष्कार, प्रतिबन्ध वा प्राथमिकतालाई सम्झनुपर्छ।
महिलाविरुद्ध हुने सबै प्रकारका विभेद
उन्मूलनसम्बन्धी महासन्धि (१९७९)
धारा १:
यस महासन्धिको प्रयोजनका लागि “महिलाविरुद्ध विभेद” भन्नाले महिलाले राजनीतिक,
आर्थिक, सामाजिक, सांस्कृतिक, नागरिक वा अरू कुनै विषयसम्बन्धी मानवअधिकार तथा
स्वतन्त्रतालाई आफ्नो वैवाहिक स्थिति जेजस्तो भए पनि पुरुष र महिलाको समानताका
आधारमा उपभोग गर्नमा वा प्रयोग गर्नमा व्यवधान पार्ने वा त्यसको मान्यतालाई नै
क्षति वा शून्य पार्ने उद्देश्य भएको लिङ्गका आधारमा हुने कुनै पनि विभेद वा
बहिष्कार वा प्रतबन्ध सम्झनुपर्छ।
बालअधिकार महासन्धि (१९८९)
धारा २
१. पक्षराष्ट्रहरूले आफ्नो क्षेत्राधिकारभित्रका
प्रत्येक बालबालिकाको वा निजका बाबुआमाको वा कानुनी संरक्षकको जाति, वर्ण, लिङ्ग, भाषा, धर्म, राजनीतिक वा अन्य विचार, राष्ट्रिय, जातीय वा सामाजिक उत्पत्ति, सम्पत्ति, अशक्तता, जन्म वा अन्य हैसियतका आधारमा विभेद नगरी यस महासन्धिमा उल्लिखित
अधिकारहरूलाई सम्मान तथा सुनिश्चित गर्नेछन्।
२. पक्षराष्ट्रहरूले बालबालिकाका बाबुआमा, कानुनी संरक्षक वा परिवारका सदस्यहरूले हैसियत, क्रियाकलाप, अभिव्यक्त धारणाहरू वा आस्थाका
आधारमा गरिने सबै किसिमका विभेद वा दण्डसजायबाट बालबालिकाको संरक्षण सुनिश्चित
गर्न सबै समुचित उपायहरू अवलम्बन गर्नेछन्।
नेपाली
कानुनअन्तर्गत समानता र गैरविभेद
•अन्तरिम संविधानको धारा १३: समानता र विभेदविरुद्धको अधिकार, छुवाछुतविरुद्ध र अविभेदको अधिकार
• धारा १४: जातीय विभेद तथा छुवाछुत निषेध, पीडकहरूको जवाफदेहीता तथा पीडितहरूका लागि
क्षतिपूर्ति र संसाधनमा पहुँच।
•जातीय आधारमा हुने विभेद तथा छुवाछुत अपराध ऐन (सन् २०११ अगस्ट)
source:उच्चायुक्तको
कार्यालय-नेपाल
No comments:
Post a Comment