व्यक्ति दलितः श्रम फलित -सौजन्य नेपाली
Thursday, August 8, 2013
गोरखा, च्याङ्लिङका रामबहादुरलाई कसैले
'सार्की' नभन्ने हो भने उनीसँग छुवाछुतको समस्या नै रहँदैन । उनी थरले
अछुत भए कि जातपातको संस्कारले उनको अस्तित्वलाई दुत्कारियो ? पत्तो छैन ।
तैपनि गोरखा तेह्रकिलोबाट काठमाडौँ छुट्ने माइक्रोबसमा खचाखच यात्रु भरिएर
आवतजावत भइरहेकैछ । जसका ड्राइभर हुन् उनी र उनी राम्ररी गाडी हाँक्नेमध्ये
गिनेचुनिएका व्यक्तिमा पर्छन् ।त्यस्तै विडम्वना बेहोर्दैछन् जुना नेपाली पनि । तनहुँ थक्रेकका अधिकारी
व्राहृमणका सैनिक जवान छोरा, जुनाको रुप र सौन्दर्यमा भुतुक्कै भए ।
जातपात र छुवाछुतको अनेकन् समस्या थोपर्दै जुनाले युवा अधिकारीको
प्रेम-प्रस्तावलाई वर्षोसम्म नकारिन् । केटोले मरिहत्ते गरेर एक दिन विहे
नगर्ने भए 'मेटासिड' खाइदिने धम्की मात्र दिएनन् बरु पाखुरामा अन्धाधुन्ध
चक्कु प्रहार गरे । अनि जुनाले सब सङकुचन त्यागेर उनैसँग घरबार गरिन् ।
अहिले दुबै खुसी छन् तर उनीहरू बाहेक सम्पूर्ण नातागोता, साथीसङगी र
आफन्तहरू भने उनीहरूलाई देखभेट नै गर्न रुचाउँदैनन् ।
प्रसङ्ग र सन्दर्भमा यी एकध प्रवृत्तिलाई उठाइए पनि मुलुकले छुवाछुत
स्वीकार्दैन । मुलुकमा कँही, कतै अछुत परम्परा र प्रकृति स्वीकार्य छैन तर
हामी रामबहादुरदेखि जुना नेपालीहरूका पीडालाई भने देख्न, सुन्न र भोग्न
वाध्य छौँ ।सङ्खुवासभाको एउटा यस्तै घटना भर्खरै सार्वजनिक भएको छ । अछुत वा दलित
मानिनेहरूसँग सहभोज स्वीकारेकै कारण एक व्राहृमण पुरोहितले सामाजिक
वहिस्कारका ताण्डव बेहोर्नु परेको सुनिएको छ । पाप-धर्मका अमूर्त
प्राप्तिमा रमेर जीवन्त जिन्दगी र समग्र मानवीय अस्तित्वमाथि नै कलङ्ग
लगाउने खालको त्यस घटनाक्रम एउटा सभ्य समाजको विम्व मान्न सकिँदैन ।
सामान्य परिभाषामा सबैको रगत रातै हुने भए पनि कालो कर्तुत जस्तो प्रतीत
हुने त्यो घटनाक्रम एक्काईसौँ शताब्दीको कलङकभन्दा अरु केही होइन भन्नै
पर्ने अवस्था छ । विश्वप्रचलित आममान्यता, मानव अधिकारको चर्को वहसबीच
मान्छेले मान्छेलाई छुनै नहुने प्रवृत्तिमा झ्याँगिएको कुसंस्कार साँच्चि
नै गर्नेलाई भन्दा देख्नेलाई लाज लाग्ने खालको अनुभूत हुन्छ ।एकसमयमा केही जागरुक युवा र समाजसेवी एवं पविर्तनकामी पक्षधरले र जे र
जसरी सहभोजको प्राज्ञिक कर्म त्यही सङ्खुवासभामा गरेका थिए, त्यही भूमिलाई
गिज्याउने खालको वहिस्कार खेलले सबैलाई सोचनीय तुल्याएको छ । त्यतिखेरका
सहभोज आयोजना गर्ने आयोजकहरूमध्येका एक पत्रकार एवं प्राध्यापक
मातृकाप्रसाद तिम्सिनाले त असहृय पीडाको पेटारो यसरी खोल्नु भयो
'मान्छेभन्दा ठूलो जात कोही कसैको कहाँ हुन्छ र Û हामी अछुत मानिनेहरूको
सिप र श्रम खान पछि पर्दैनौँ भने त्यही श्रमको अनाज खाँदा के-को बहिस्कार
अनि के को तिरस्कार ?'
सायद हामी र हाम्रो मानसिकता यी र यस्तै विरोधाभास विम्वको नियतिमा
विवादास्पद भएर चल्दैछ । जहाँ हामी जुत्ता बनाउनेदेखि सुट सिउनेको जातपात
नखोजेर टम्म टिमिक्क बन्छौँ । उनीहरूले गरिदिने आय र आम्दानीको हिस्सा
पाउँदा र लिँदा नाम थर सोध्दैनौँ तर इज्जत, आमोदप्रमोद र सम्मान प्रकट
गर्नुपर्दा भने हामी नराम्ररी धकाउँछौँ ।
मान्छेले मान्छेप्रति जातपात र धर्म संस्कृतिको अर्थमा गरिने अपहेलनाको
एउटा पाटो यस्तो छ भने अर्को पाटोमा सह अस्तित्व र सहधर्मको सन्तुलन
गर्नेहरूको कमी पनि छैन । सायद यसैकारण सिक्काको दुबै पाटो हुन्छ भनिएको
हुनुपर्छ । यस्तै एउटा घटनाक्रममा ब्राहृमण यजमान र दलित पुरोहित बनेको
समाचार महोत्तरी जिल्लाको बर्दिबासको सार्वजनिक भएको छ ।
सार्वजनिक समाचारअनुसार महोत्तरी जिल्लाको रतौली गाउँका उच्च जात मानिने
भूमिहार ब्राहृमण जातिका एक युवाले आˆनो घरायसी अनुष्ठानमा दलितलाई
पुरोहित बनाएर 'सत्कर्म' गरेका थिए । स्थानीय युवाक्लवका अध्यक्ष वैद्यनाथ
चौधरीले चमार जातका पुरन् चमारलाई पुरोहित बनाएर गरिएको सो अनुष्ठानको
यतिखेर सर्वत्र चर्चा र प्रशंसा गरिएको छ ।
वास्तवमा यसैकारण भनिएको हुनुपर्छ 'मानिस ठूलो दिलले हुन्छ, जातले
हुँदैन' जात-पात र भातको छुवाछुतभित्र समाजले जति बिघ्न नीच मनोदशा दर्शाए
पनि समाजको सही सत्य पाटो मान्छे सत्कर्मले नै पूज्य हुने हो र मान्छेले
मान्छेको सहअस्तित्वलाई नस्वीकारेसम्म त्यसले समग्र समाजमा आˆनो प्रभावशाली
उपस्थिति बोध गराउन नसक्ने हो ।
राम्रा काम र प्रशंसनीय गतिविधि महोत्तरीमा भए पनि वा सङ्खुवासभामा
देखिए पनि त्यसले हाम्रो समाज र संस्कारलाई नै माथि उठाउने काम गर्छ नै ।
खासगरी अहिलेको आधुनिक विश्व समाज र बदलिँदो प्रविधि र विज्ञानको
आविष्कारले जहाँ जे सन्दर्भ पनि सम्भव तुल्याइदिएको छ, त्यसले व्यक्ति
विशेषको दर्शन होइन श्रम र सीपको दक्षता मात्र स्वकिार्दछ । केवल महिला र
पुरुष बाहेकको कुनै किसिमको भौतिक चिनारीले नछुट्याएर हेर्ने हाम्रो आधुनिक
भनाउँदो समाजको विडम्बना भने हामी व्यक्तिलाई 'दलित' भनेर छु्याउँछौ तर
उसको श्रमलाईभने 'फतित' मानेर ग्हण गछार्ंै भने त्यस विरोधाभासको अन्त्य
हुनु जरुरी मात्र नभएर अपरिहार्य नै छ ।source:-gorkhapatra
लेखहरु
No comments:
Post a Comment