ईटहरीमा महिला हिंसा तथा छुवाछुत निगरानी केन्द्र गठन

धरान । दलित समुदाय माथि हुने छुवाछुत र महिला माथि हुने हिंसालाई न्युनीकरण गर्नका लागि ईटहरीमा महिला हिंसा तथा छुवाछुत निगरानी केन्द्र गठन भएको छ । दुई दिन सम्म चलेको अन्तरक्रिया पश्चात सो कमिटि गठन गरिएको हो ।

 अन्तरक्रियामा दलित समुदायमा गरिने छुवाछुत यसको ऐतिहासिक पृष्ठभुमी, नेपालमा छुवाछुतको प्रवेश यसका लागि भएका आन्दोलन, राज्यले बनाएको निती नियम लगायतका विषयमा छलफल गरिएको थियो । दलित समुदायमा हुने गरेका भेदभावहरुका विषयमा दलित गैर सरकारी संस्था महासंघका पुर्वाञ्चल संयोजक भविन्द्र विश्वकर्माले सहजीकरण गर्नुभएको थियो । 


त्यसै गरि महिला हिंसा, महिला अधिकार संग सम्बन्धित ऐन कानुनका विषयमा अधिवक्ता रामबाबु घिमिरेले सहजी गर्नुभएको थियो । ईटहरी नगरपालिकाको आर्थिक सहयोगमा भएको सो कार्यक्रम जनचेतना समुह ईटहरीले आयोजना गरेको थियो । दुई चरण भएको कार्यक्रममा दोस्रो चरणमा निगरानी केन्द्र गठन गरिएको थियो । कमला तामाङको अध्यक्षमा ११ सदस्यीय केन्द्र गठन भएको हो । कार्यक्रम जनचेतना संस्था ईटहरीकी अध्यक्ष शिला गजमेरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

साभार :हाम्रो यातायत

No comments:

Post a Comment