अन्तरजातिय बिबाहलाई प्रोत्साहन गरौँ

नेपाली समाजमा अझैपनि जातिय विभेद कायमै छ । जातमा उचोनिचोको परिपाटीको अन्त्य व्यवहारत हुन सकेको छैन । जातिय समानताका कुरा मात्र उठेपनि कार्यान्वयनमा भने समस्या  छ । अन्तरजातिय बिबाह गर्ने जोडीलाई सम्मान गर्नुपर्ने स्थिति अझैपनि समाजमा रहनु विकसित मुलुकका लागि अचम्मको विषय लाग्दछ तर हामी भने अझै जातिय समानता ल्याउने कसरतमै छौँ । जातिय रुपमा अन्तरविरोध कम गर्दै लैजान अन्तरजातिय बिबाह राम्रो माध्यम भने बन्दछ ।
पर्यटकीय गाउँ घान्द्रुकमा शनिबार अन्तरजातीय विवाह गर्ने २२ नवजोडी सम्मानित भए । दलित वर्ग उत्थान समन्वय समिति, घान्द्रुक गाउँ समितिले एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको थियोे । घान्द्रुकको फुलिवाङ, इम्ले, तिख्यान, किम्चे, क्ल्यु लगायतमा बसोबास गरी बिगत पाँच वर्षयता विवाह गर्ने जोडी सम्मानित भएका हुन् । उनीहरुलाई प्रमुख अतिथी पूर्वसभासद दुर्गा विकले अविर, दोसल्ला र सम्मानपत्रले सम्मान गरेकी थिईन् ।

अन्तरजातीय विवाहले जातीय अन्तर्घुलन पैदा हुन्छ । जातीय अन्तर्घुलन भयो भने छुवाछुत हट्न पनि मद्दत पुग्छ । अन्तरजातीय विवाह गर्ने जोडीलाई समाजमा पुनस्र्थापित गर्न सरकारले विशेष योजना ल्याउनुपर्दछ । सरकारले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्सानस्वरुप दिने एक लाख रुपैयाँ कटौती होइन, थप गर्नु जरुरी छ ।
अन्तरजातीय विवाह गर्नेहरुले अझैपनि जोखिम नै मोल्नुपर्ने विडम्बना छ । अन्तरजातीय विवाह गर्ने जोडीलाई समाजमा स्थापित गराउन सम्मान र प्रोत्साहनले सहयोग पुग्दछ । तसर्थ, प्रेरणा दिनका लागि पनि सबैले सहयोगीको भुमीका निर्वाह गर्नुपर्दछ । - स्रोत : aadarshanepal

No comments:

Post a Comment