धनबहादुरले दुध खान ल्याएको गाई काटेर किन खाए ?

बुटवल, भदौ ५ गते । गुल्मी ह्वाङ्गदीका एक दलित परिवारले दुध खान भनि भर्खर किनेर ल्याएको् गाई काटेर मासु खाएका छन् । ह्वाङ्गदी गाविस वडा नम्वर ४ निवासी ५० वर्षिय धनबहादुर बिश्वकर्माका परिवारले ज्युँदै गाई घरमा काटेर खाएका हुन् ।


भदौ ३ गते दुध खान भन्दै अन्यत्रबाट भर्खर किनेर ल्याएको गाई काटेर मासु खाने बिश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी राजकुमार लम्सालले जानकारी दिनु भयो । गाउँमा काले बिश्वकर्मा भनेर चिनिने धनबहादुरले अन्य मासु खाएको र सिङ्ग, पुच्छर र केहि मासु सहित बरामत गरी मरभुङ्ग प्रहरी चौकीले पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालयमा आवस्यक कार्वाहीका लागि वुझाएको लम्सालले बताउनु निजलाई गौ वथ मुद्धा अदालतमा दायर गरिने जनाईएको छ ।

गौ वथ मुद्धाबाट उनले सफाई पाउन नसके १२ वर्ष सम्म कैद सजाय हुने प्रवधान छ ।उता, छिमेकी जिल्ला स्याङ्गजामा ब्राम्ण क्षेत्रि युवाहरु मीलेर अर्काको गोरु चोरर स्याङ्गजाको अन्धा अन्धी खोला किनारमा लगी खाएका छन् । देवप्रसाद पौड्याल सहित गोरु मारेर मासु खाने ५ जनालाई स्याङ्गजा प्रहरीले पक्राउ गरी गौ वथ मुद्धा दायर गरेको जनाएको छ ।

No comments:

Post a Comment