विद्यालय व्यवस्थापन समितीमा दलित समुदायवाट निर्विरोध अध्यक्षमा चयन

पाँचकन्या । पव्लिक उच्च मावि धरानको विद्यालय व्यवस्थापन समितीमा  दलित समुदायवाट पहिलो पटक सोम वहादुर परियार निर्विरोध अध्यक्षमा चयन भएका छन् । विहीवार विद्यालयको अभिभावक भेलावाट परियारलाई निर्विरोध अध्यक्षमा चयन गरिएको हो ।
भेलाले सदस्यहरुमा  अलीम अन्सारी , महिला कोटामा श्रीमती कृष्ण भण्डारी र कल्पना राईलाई निर्विरोध चयन गरिएको पव्लिक उच्च मावि  धरानका प्रधानाध्यापक लेखनाथ भट्टराईले वताए । अघिल्लो व्यवस्थापन समितीको समय अविधी सकिएर १  महिना भित्रै गर्नु पर्ने नीति भएपनि विद्यालयले एक महिना ढिला गरि विद्यालय व्यवस्थापन समिति वनाएको हो ।
श्रोतका अनुसार विद्यालयका प्रअ लेखनाथ भट्टराइले उनी निकट हरि कार्कीलाई अध्यक्ष वनाउनका लागि समीती निर्माणमा ढिलाई गरेको वताइएको छ । धरान नगरपालिकाका कर्मचारी समेत रहेका कार्कीलाई पव्लिक उच्च माविका अभिभावकहरुले अध्यक्ष वनाउने कुराको विरोध गरेका  थिए  ।

त्यस्तै विद्यालय व्यवस्थापन समितीको अध्यक्षका लागि राजनितिक दलका नेताहरुको बाक्लो उपस्थिती रहेको थियो । आ आफ्नो खेमाकालाई अध्यक्ष वनाउनका लागि नगर स्तरीय नेताहरुले नै चलखेल गरेको श्रोतले वताएको छ । नेपाली काँग्रेस निकटका अलीम अन्सारीलाई अध्यक्ष वनाउनका
लागि नगरका नेताहरु लागी परेका थिए ।
अन्सारीले पनि अध्यक्षको पदका लागि उम्मेद्धवारी दिएका थिए भने हरि कार्की पनि विद्यालयका प्रधानाध्यापकको साथ पाएपछि उनले पनि अध्यक्षमा उम्मेद्धवारी दिएका थिए । तर दलित समुदायको तर्फका अभिभावकले सोम वहादुर  परियालाई नै अध्यक्ष वनाउन लागि दवाव दिएका थिए । सो विद्यालयमा दलित विद्याथीको सख्याको अरुको भन्दा उल्लेखनीय उपस्थती रहेको वताइएको छ ।

No comments:

Post a Comment