सिप सिकेर आफ्नो पनि गुजारा , अरुको पनि सेवा

मुगु- सिप सिकौं स्वरोजगार बनौं भन्ने मुल नाराका साथ असार ३१ गतेबाट सुरु भएको सिलाई कटाई तालीम आईतबार सम्पन्न भएको छ ।जिल्लाका जिमा , कालै, माँग्री, पुलु र किम्री गाविसबाट दुई दुई जना गरिब , विपन्न र वेरोजगार युवाका लागि सञ्चालन गरिएको थियो । सदरमुकाम गमगढीमा सम्पन्न तालीम पश्चात तालीममा सहभागि भएका युवाहरुलाई एक एक वटा कपडा सिलाउने मेशिन तथा त्यसका लागि चाहिने अन्य सामान समेत प्रदान
गरिएको छ ।यो भन्दा अगाडी गाउँमा सामान्य अवस्थामा कशिन कपडा सिलाउने मेशीन चलाए पनि केहि गर्न नसकिएको र अहिले यो तालीम लिई सकेपछि केहि गर्न सकछु भन्ने विश्वास बढेको कालैका सुरेन्द्र परियारले बताए । मन भरि उत्साह र आशा दुवै बोकेका परियारले भने– अब तालीम पनि लिईसके अब मेरो घर परिवारलाई पेट भरि चारो,आङ भरि टालो –खाना र कपडा )दिन सक्छु । सिप सिकेर आफ्नो पनि गुजारा , अरुको पनि सेवा हुने भयो ।
तालीमका अर्का सहभागि श्रीकृष्ण रोकायाले पनि उस्तै अनुभव सुनाए । पहिले हातले नापेर कपडा काट्नु पर्ने त्यसरी नाप गरेर सिलाईएका कपडा विग्रिने गर्दा आफुले भने जस्तो आम्दानी गर्न नसकेको मा  अहिले तालीमबाट धेरै कुरा सिकेको बताए ।
 तालीमका लागि जिल्ला घरेलु तथा साना उद्योग विकास समिति मुगु र साहस नेपाल सिफल्स परियोजना मुगले स्रोत साझेदारी गरेर तालीमको आयोजना गरेका थिए । तालीमका लागि प्रशिक्षक , सहभागिलाई खान र बस्न , सिलाई मेशीन खरिद तथा ढुवानी गरेर ३ लाख २४ हजार १ सय ६५ रुपैंयाँ खर्च लागेको साहस नेपालले जनाएको छ ।  तालीम पश्चात सहभागिलाई सिलाई मेसिन दिईएको र केहि समय पछि त्यसको अनुगमन समेत गरिने परियोजनाले जनाएको छ ।

No comments:

Post a Comment