जनचेतनाको लागि( तस्बिर साभार दलित महिला संघ ) |
मुख्य रुपमा प्रवचनमा पण्डितहरुले सबै का ईश्वर एकै हुन् भनेका भएपनि, आफ्नै सम्प्रदायलाई माथि देखाउँथे, अरु का दाजोँमा । आफ्नो सम्प्रदाय ठूलो र विशाल छ भन्थे । तर यसो भन्दैमा त्यहाँ, हिन्दु, मुस्लिम, ईशाइ धर्मआदिलाई होच्याउने काम भने भएको थिएन । मात्र यही सनातन हिन्दु धर्म का हामी एक सम्प्रदाय हौँ भन्थे, तर आफूलाई जस्तोसुकै तर्क दिएर भएपनि माथि पार्थे । उदाहरणका लागि, प्रणामी को कार्यक्रम मा, उनीहरु गोलोक र राजी बाहेक केही भन्दैनथे, उनै परमात्मा हुन भन्थे । अनि वैष्णव ले परमात्मा हामीलाई मात्र प्राप्तहुने कुरा गर्थे । त्यस्तै साइका भक्तहरु, साइ नै उद्दारकर्ता हो भन्थे ।जेहोस, प्रवचन दिनहुँ चलिरहन्थ्यो, अनि म पनि कहिले काँहि सुन्ने गर्थेँ उनीहरुका कुराहरु, म कुनै सम्प्रदाय सँग सम्बन्धीत थिइन तर म हिन्दु ब्राम्हण थिँए ।म पनि सबैका ईश्वर एकै हुन् भन्थे । प्रवचन दिनमा पण्डितहरुलाई कसले भेट्छ र ? प्रवचनमा आफ्नो सम्प्रदाय यस्तो – उस्तो, यसरी परमात्मा प्राप्त हुन्छ, पाप यसरी कटाउन सकिन्छ आदि भन्थे । त्यस्तै छुवाछुत को कुरालई त झन् मान्दैमान्दैनथे, भन्थे – “हाम्रो सम्प्रदायले कोही ठूलो अनि सानो भन्दैन, सबैमा ईश्वरको वास छ, अनि सबैको कल्याण उनै परमात्मा ले गर्छन”। यतिसम्म दावा गरेकी, यहाँ कामी, दमै भनेर छुट्याइएको हो तर परमात्माले त सबैलाई एकै नजरले हेर्नुहुन्छ, कोही सानो छैन, हामी एकै हौँ र यहाँ छुवाछुतलाई पनि मानिदैँन किनकी हामी सबैको रगत रातो छ अनि हामी सबै उनै परमात्मालाई भेट्न खोजिरहेका छौँ, परमात्माकालागि सबै बराबर छन् ।
हुनपनि हो, कोही सानो छैन, अनि छुवाछुत नमान्नु पनि एउटा सामाजिक क्रान्ति नै हो, समाज मा केही परिवर्तन त आउँछ । फेरी त्यत्रो कार्यक्रममा पण्डितहरुले नै त्यसो भनेपछि, प्रवचन सुन्न आउने बुढा-बुढीको मानसिकतामा पनि केही सकरात्मक प्रभाव जरुर पार्छ नै ।
अब बिहान देखि बेलुका सम्म प्रवचन हुन्थ्यो । अनि बिच बिचमा १-२ घण्टा को विश्राम हुन्थ्यो, खाना खान को लागि । सबै भक्तजनहरु त्यहीँ नै बिहान को भोजन गर्थे अनि पण्डितजीहरु पनि त्यहीँ नै भान्सा गर्थे ।
एकदिन भान्सा मा मान्छे को कमी भो, सबैलाई खाना खुवाउन अलि हम्मे हम्मे नै पर्ने देखेर म भान्सा मा पसेँ अनि खाना पस्किएका थालहरु पण्डितजीहरुका सामुन्नेमा राखिदिँए । केही पण्डितहरु अचानक झोक्कीए, मलाई कुटौँला झैँ गरे । “ए, नाथे ! तँ यहाँ किन आइस् ? तलाईँ, म अरुले छोएको खान्न भन्ने थाहा छैन ? सबै धर्म सत्यानाश गरिदियो । हामी कण्ठिधारी कृष्ण प्रणामी हौँ, हामी तैँले छोएको खाँदैनौ भन्ने तलाईँ थाहा छैन ?”
म चुपचाप बाहिर निस्किएँ, सोचेँ, “म एक हिन्दु उपाध्याय ब्राम्हण ले छोएको त खाँदैनन् अनि पानी बाराबार गर्छन् भने यीनीहरुले छुवाछुत को उन्मुलन गर्छु अनि सबै समान छन् भन्नु एउटा ढोंग मात्रै हो, यीनीहरुले मलाई यसो गरे भने, जो दलित भनिएकाछन् अनि पिल्सिएर बाँचिरहेकाछन्, हो यीनै दलितहरुलाई उनीहरुले कहिले मान्छे गन्छन् त ? समाजमा कहिले परिवर्तन आउँछ त ?” पछि कुरा बुझ्दा थाहा भयो, “म ब्राम्हण भए पनि, उनीहरुको सम्प्रदायको परेनछु, उनीहरु अर्कै सम्प्रदायका रे, ऊनीहरु शाकाहारी रे, तर म मांसहारी, यस्तै-यस्तै थुप्रै कारणहरु मैले थाहापाएँ” ।
यति कुरा थाहा पाइसकेपछि, मैले त्यहाँ जान उपयुक्त ठानिँन, साँच्चै भन्दा म जान छोडिदिँए । मैले बुझेँ, उनीहरुका ईश्वरलाई परमात्मा भन्छन् रे अनि मेरो ईश्वरलाई भगवान भनेर व्याख्या गर्छन् रे, अनि उनीहरुका परमात्मा सबै भन्दा माथि छन् रे, अनि सबैलाई एकै हुन, सबै सँग प्रेम गर, भेदभाव नगर भन्ने अर्ति पनि दिन्छन् रे, अनि पण्डितजीहरु पनि त्यही कुरा दिनहुँ दोहर्याइरहन्छन् रे !
(यो लघुकथा - aakarpost.com बाट साभार गरिएको हो ।)
No comments:
Post a Comment