बाजुरामा दलित भित्र पनि छुवाछुत हुने गरेको खुलाशा

दलित र गैर दलित बिच छुवाछुवत भएको घटना सुनिन आउछन् । तर बाजुरामा दलित भित्र पनि छुवाछुत हुने गरेको खुलाशा भएको छ । यस्तै पिडा भोग्दै आएकी छन्  मार्तडी –८ बस्ने ३१ बर्षिय धर्मा बिक बिबाह गरेको १५ बर्ष देखीनै पोइलीको घरपरीवार बाट अलगै बस्दै आएकी छन् ।
उनले मार्तडी ८ बस्ने जया बिक सँग बिबाह गरेको भएपनि उनी श्रिमान जया बिकको घरमा बस्न नपाएर माइती घर बस्दै आएकी छन् । उनको माइती पक्षको थर नेपाली भएकाले पोईलीको घरमा बस्न नपाएको उनले बताएकी छन् । उनले बिक सँग प्रेम बिवाह गरेको भएपनि पोईली पक्षले तिनलाई घरमा ल्याउन नदिएपछि अलगै बस्दै आएकी हुन् ।
माइती र पोइली पक्ष दुबै दलित भएपनि तिनिहरुको जात भने फरक फरक रहेका छन् । दलित समुदायमा बिक भनेको ठुलो जात र नेपाली भनेको सानो थर मान्ने प्रचलन रहेको छ । उनका २ वटा छोराले समेत पोइलीको घरमा बस्न पाएको छैन् । उनीहरुलाई पनि बाबु सँग बस्ने रहर थियो । तर सानो जात भएकाले उनको रहर पुरा हुन सकेन । जेठो छोरा नबिन बिक १४ बर्षको भईसकेको छ । उनी भन्छन आफुलाई बाबु बाजेले समेत घरमा नबसन भनेपछि सधै मावली घरमा बस्ने गरेको बातउछन् । त्यस्तै समाजले समेत अपहेलना गरेको उनी बताउछन् ।
यो त एउटा उदाहरण मात्र रहेको छ । जिल्लामा पनि दलित भित्रै ब्यापक छुवाछुत रहेको छ । नेपाली जातिले आफु भन्दा ठुलो जाति बिक, सुनार, चदाराको घरमा कहिल्यै पस्न नपाउने गरेको  जिल्लामा ब्यापक घटना रहेका छन् । त्यस्तै ‘गन्धर्व जाति दलित भित्रको सानो जात हो उनीहरुले पनि माथिल्लो दलित जातिको घरमा पस्न दिनुको भन्दा उनीहरुको हात बाट पानि समेत नखाने गरेका छन् ।
मार्तडीका काल्चे दमाई जातिय छुवाछुत ब्यापक चलिरहँदा जिल्लामा अधिकारको लागि बिभिन्न संघ संस्था भएपनि सदरमुकाम मार्तडीमा यस्तै भईरहदा बिकट क्षेत्रमा भने यसको निकै पराकष्ट रुपमा रहेको छ । के साच्चै यसरी परीवर्तन होला त । मान्छे बिचमा पनि भेदभाब, कति सम्म सहनु पर्ला ?
source: Purna Bahadur Khadka/meroreport

No comments:

Post a Comment