विश्वकर्माहरु खाली फलाम , सुन मात्र ठोक्ने नभएर राज्यलाई ठोक्न सक्ने हैसियतमा रहेको

पाँचकन्या । नेपाल राष्ट्रिय विश्वकर्मा समाज धरानको नगर समितिको अध्यक्षमा सुरज बराईली सर्व सम्मतले चयन भएका छन् । आज (सोमवार) समाजको नगरभेलावाट वराईली सहित  उपाध्यक्षमा प्रेम विश्वकर्मा  सचिवः पवन विश्वकर्मा, ससचिवः घनश्याम विश्वकर्मा कोषाध्यक्ष मञ्जु बराइलीलाई चयन गरिएको छ  ।

  त्यस्तै सदस्यहरुमा  तिलक लकान्द्री , मिलन शंकर , नवराज लामगादे, कौशिल विश्वकर्मा , सुजता कालिकोटे र पार्वती विश्वकर्मा छन् । विश्वकर्माहरुको नगर भेलामा प्रमुख अतिथी रहेका जिल्ला
समितीका अध्यक्ष भविन्द्र विश्कर्माले विश्वकर्माहरु सीप र  सृजनाको धनी भएको हुनाले राज्यले इन्जिनियर भनेर संवोधन गर्नु पर्ने वताए । त्यस्तै भेलामा विशिष्ट अतिथी नेपाल दलित सघका केन्द्रिय सदस्य गोविन्द दर्नालले विश्वकर्माहरु खाली फलाम , सुन मात्र ठोक्ने नभएर राज्यलाई ठोक्न सक्ने हैसियतमा रहेको चेतावनी दिए । 

कार्यक्रममा अतिथीहरु दलित सेवा संघका जिल्ला सदस्य कुमार शाहशंकर , परिवार सेवा समाजका सेर वहादुर परियार लगायतले शुभकामना दि ए भने स्वागत मन्तव्य समाजका लाल वहादुर विश्वकर्माले दिएका थिए । नगर भेलाको सभापतित्व नेपाल राष्ट्रिय विश्वकर्मा समाज सुनसरीका उपाध्यक्ष तथा नगर इन्चार्ज जुद्ध लोहनीले गरेका थिए भने सन्चाल सचिव दिनेश गजमेरले गरेका थिए ।

साभार :हाम्रो यातायत 

No comments:

Post a Comment